माओवादी केन्द्र चाैतारा साँगाचाेकगढी नगर समितिकाे अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित

२८ पुस (२०८१), चाैतारा । नेकपा (माओवादी केन्द्र) चाैतारा साँगाचाेकगढी नगर समितिकाे तेस्राे नगर सम्मेलनबाट श्यामकृष्ण श्रेष्ठ अध्यक्षमा चयन भएका छन् ।

शनिबार माओेवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालद्वारा गरिएकाे उदघाटन संगै चाैताराकाे टुँडिखेल चाेकमा खवरदारी सभा सम्मन्न भएकाे थियाे । त्यसपछि सहिद स्मृति भवन गैरीगाउँमा शुरू भएकाे बन्द सत्र राति अबेर सम्म चलेकाे थियाे ।

नगरकाे उपाध्यक्ष लगाएत अन्य पदाधिकारी तथा सदस्यमा सहमति जुटेपनि अध्यक्षमा सहमति हुन नसकेपछि साे पदका लागि निर्वाचन भएकाे निर्वाचन अधिकृत चन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार अध्यक्ष पदमा श्यामकृष्ण श्रेष्ठ र ददिराम पराजुलीकाे उम्मेदवारी परेकाे थियाे ।

५१ जना सदस्यले गरेकाे मतदानमा श्यामकृष्णले ३८ मत ल्याएर विजय बनेका थिए भने उनका प्रतिद्वन्द्वी पराजुलीले जम्मा १३ मत मात्रै प्राप्त गरेका थिए । अन्य पदाधिकारीहरूमा उपाध्यक्ष पदमा तारा देवि राना, चुडामणि नेपाल र रामकुमार लामा निर्वाचित भए । त्यस्तै सचिवमा रामशरण वि.क, सह- सचिवमा रवि खत्रि र काेषाध्यक्षमा अस्मिता वि.क सर्वसहमत निर्वाचित भएका हुन ।

त्यस्तै निर्वाचन आयाेगमा सीता पाैडेल, अनुशासन आयाेगमा कुमार शर्मा र लेखा समितिमा रामकृष्ण दंगाल चयन भएकाे साे पार्टीले जनाएकाे छ । श्रेष्ठकाे नेतृत्वमा ५१ सदस्यीय नगर समिति बनेकाे हाे ।

यस्ताे छ निर्वाचित सदस्यहरूकाे नामवली