
गाउँसभाकाे अवसरमा राजदुत र पत्रकारलाई सम्मान

२६ पाैष, नवलपुर । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले १२ औँ गाउँसभाकाे अवसरमा राजदुत र पत्रकारलाई सम्मान गरेकाे छ ।
दक्षिण एसियाकाे लागि नेपाली राजदुत कपिल श्रेष्ठ र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककाे नवनिर्वाचित जिल्ला शाखा समितिलाई गाउँपालिकाले सम्मान गरेकाे हाे ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले विभिन्न आन्दाेनमा गरिएको कुरवानीकाे कारण दक्षिण एसियाकाे महामहिम राजदुत हुन सफल भएको बताए । उनले नेपाललाई चिनाउनेमा अतुलनीय याेगदान रहनेछ भन्ने बिस्वास व्यक्त गरे । मुलुककाे संघिय लाेकतान्त्रिक व्यवस्थामा जले गलत गरेकाे छ त्यसलाई सुधार ,रुपान्तरणमा अहम भूमिका रहाेस् भन्ने कामना गरे । नेपालकाे ४ सय ६० वटा गाउँपालिका मध्ये कार्यसम्पादन मुल्यांकनमा द्दितीय स्थान हासिल गरेकाे बताए ।
अध्यक्ष नेपालले प्रत्येक महिना २१ देखि २७ गतेसम्म स्वास्थ शिबिर सञ्चालन गर्नेगरेकाे । पालिकाले बिद्यालयहरुसंग ५० बुधे करार गरेर कार्यनयन गरिरहेकाे शैक्षिक प्रदर्शनीमा द्दितीय भएकाे । १५ सैयाकाे अस्पतालबाट दक्ष चिकित्सक सहितको सेवा प्रवाह गरेकाे । १ सय भन्दा बढी उन्नत जातकाे बिउकाे बाेका बितरण लगायत कृषि, सिंचाइ र खानेपानीमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेकाे बताए ।
राजदुत , पत्रकार र जनप्रतिनिधिबिचकाे सामन्जस्यता कायम हाेस् भन्ने हेतुले काम गरेकाे उक्त सम्मान कार्यक्रमकाे आयाेजना गरिएको बताए ।
सम्मान पछि बाेल्दै राजदुत श्रेष्ठले अढाई सय बर्ष पहिले भक्तपुर बाट नवलपुर आएकाे बखत स्थानीयले पुर्खाहरुलाई सहयाेग नगरेकाे भए कुन भुगाेल हुन्थे या रहन्थे थाह नहुने बताए । आफुले अपार माया पाएकाेमा उर्जा बृद्दि भएकाे र सपना फराकिलो भएकाे भनी गर्भ गरे । जति टाढा हुन्छु त्यति नवलपुरकाे याद आउने गरेकाे सुनाए । उनले एउटा झाेला बाेक्न पाइएन भने के नपुगेको जस्तो लाग्ने गरेकाे बताए ।
उनले सिन्धुपाल्चोक बासीलाई गर्भ गर्न लायक काम गर्ने प्रतिबद्धता समेत जनाए ।
उनी नागरिक आन्दोलनमा संगै धेरै सहयात्री गुमाएको स्मरण गर्दै एकैछिन भावुक बने ।
गाउपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुललालले सत्य तथ्य सहि सुचना प्रवाह गर्न आग्रह गर्दै पत्रकारहरुलाई कार्यकाल सफलताको कामना गरे ।
उनले तथ्यपरक घट्नाहरुलाइ संप्रेषण हुनेछ भन्ने बिस्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोका अध्यक्ष ध्रुव दंगालले गाऊँसभाले समृद्ध इन्द्रावतीकाे लागि आवश्यक कानुन निर्माण हाेस् भन्ने कामना गरे । अध्यक्ष दंगालले महामहिम राजदुत कपिल श्रेष्ठलाई कुटनैतिक कार्यमा सफलताकाे शुभकामना व्यक्त गरे ।
आम नागरिककाे पक्षमा सिन्धु पत्रकारीतालाई मर्यादित र व्यवसायिक बनाउन आफू लागिएको बताउँदै उक्त कार्यमा गाउँपालिकाे पनि सहयाेगकाे अपेक्षा गरे ।
उनले इन्द्रावती समृद्धिकाे आधार , शिक्षा, कृषि , स्वास्थ्य , पर्यटन र पुर्वाधारकाे नारालाई सफल बनाउन नेपाल पत्रकार महासंघ प्रतिबद्ध रहेकाे उद्घाेष गरे ।