मेलम्चीकाे शिबिरमा ८४ जनाकाे आँखाकाे सल्यक्रिया

२४ पुस , मेलम्ची । तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा सामुदायिक आँखा केन्द्र, मेलम्चीको सहकार्यमा भएकाे आँखा शिबिरमा ८४ जनाकाे आँखाकाे सल्यक्रिया भएकाे छ । मेलम्ची नगरपालिकाको सहयोगमा पुस २२ र २३ गते मेलम्चीमा आँखा शिविर सञ्चालन भएको हाे ।
डा. प्रतिभा लामा जोशीको नेतृत्व र रमिता महर्जनको नेतृत्वमा शिविर सम्पन्न भएको हो ।  ८० मोतियाबिन्दु प्रभावित आँखाको शल्यक्रिया गर्ने लक्ष्यले शिविर गरिएकोमा ८२ मोतियाबिन्दु प्रभावित आँखाको सफलतापूर्वक दृष्टि पुनःस्थापित गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले  जानकारी दिए । शिविरमा मोतियाविन्दुको शल्याक्रिया सँगै २ वटा मासु पलाएको शल्यक्रिया गरी कुल ८४ वटा शल्यक्रिया गर्न सफल भएको भट्टले बताए ।
 
 शिविरमा सहभागीहरूले आफ्नो दृष्टि पुनःप्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन् ।  दृष्टि पुनःस्थापनापछि शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा ठूलो परिवर्तनको अनुभव भएको सहभागी टक्करकुमारी दुलालले बताए ।  पुनः प्राप्त दृष्टिले आफुहरुलाई आत्मनिर्भर बन्न, आफ्नो दैनिक जीवन सहज रूपमा संचालन गर्न, सामाजिक गतिविधिमा पुनःसक्रिय हुन, र आर्थिक रूपमा लाभदायक कार्यहरूमा संलग्न हुन सहयोग पुग्ने बिष्णुप्रसाद सापकोटाकाे बिस्वास छ । गत साता मेलम्ची रदुवाचौर र इन्द्रावतीको नवलपुर र भिमटारमा छनौट शिविर गरि मोतियाविन्दुको शल्याक्रियागर्नुपर्नेको छनौट गरिएको थियो ।मेलम्ची नगरपालिकाले शल्यक्रिया गराएका बिरामीहरूका लागि मेलम्ची नगरपालिकाले खाना  व्यवस्था गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।