भाेटेकाेशी-१ जलविद्युत आयाेजनाद्वारा स्थानीयलाई १० काेठे पक्की भवन हस्तान्तरण

१९ पुस (२०८१), हिन्दी । ईलेक्ट्राेपावर कम्पनीद्वारा निर्माणधिन भाेटेकाेशी-१ जलविद्युत आयाेजनाद्वारा चाकु बजारका स्थानीयलाई १० काेठे पक्की भवन हस्तान्तरण गरेकाे छ ।

१ राेपनी १ आनामा निर्मित उक्त पक्की भवन टोल सुधार समितिलाई हस्तान्तरण गरिएकाे आयाेजनाका जनसम्पर्क अधिकृत निर्मल राउतले सिन्धुज्वाला अनलाईनलाई जानकारी दिए । आयोजना प्रमुख उमेश पराजुलीको हातबाट चाकु टोल सुधार समितिका अध्यक्ष सोमबारे शेर्पालाइ उक्त घरको लालपुर्जा हस्तान्तरण गरिएकाे राउतले बताए ।

उनका अनुसार भोटेकोशी गाँउपालिका वडा नं ४ चाकुका स्थानीय तथा चाकु टोल सुधार समिति बीच २०८१ असोज ६ गते भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाको रोहबरमा बसेको छलफलमा भएको सहमती बमोजिम भोटेकोशी-१ जलविद्युत आयोजनाले आज गाउँपालिका अध्यक्ष शेर्पाको रोहबरमा चाकु बीच बजारमा १० कोठे पक्की भवन हस्तान्तरण गरेको हाे ।

चाकु टोल सुधार समितिको आफ्नै भवन भएको हेर्ने सपना पुरा गरिदएकोमा समितका सदस्य फुर्वा शेर्पाले धन्यवाद दिए ।
त्यसैगरि चाकु पुरानो बजार जाने सडक त्यहाँका एक स्थानीयले नीजी जग्गामा परेको भनि बिगत ४/५ महिना देखि पर्खाल लगाइ अवरूद गरेकोले नयाँ ट्रयाक खोल्नका लागि चाकुका स्थानीय बासिहरू तथा चाकु टोल सुधार समितिले गरेको अनुरोध अनुसार चाकु पुरानोबजार जाने नयाँ ट्रयाक खोल्नका लागि प्लम डलान तथा ग्याबिनको काम र बस्ती संरक्षणका लागी चाकु खोलामा प्लम ढलानको काम गरेकाे आयोजनाले जनाएकाे छ ।

यसैबीच माघ महिना भित्रमा अयोजनाका निर्माणकार्यका कारण चर्किएका व्यक्तिगत घर, टहरा तथा सार्वजनिक संरचनाहरूको निरिक्षण गरि क्षतीको एकिन विवरण तयार गरि क्षतीपूर्तिको प्रकृया अगाडी बढाउने योजना रहेको आयाेजनाले बताएकाे छ । यस्तै चाकु पुरानो बजार जाने सडक ढलानको योजना समेत रहेको आयाेजनाले जनाएकाे छ ।