
चाैतारामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

१४ पाैष, चाैतारा । चौतारा साँगाचोकगढी नगरपालिका सातौं नगरस्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरु भएकाे छ ।
सिन्धुपाल्चोक चाैतारा स्थित निर्माणाधीन मिनिरंगशाला टुडिखेलमा पाैष १३ गतेदेखी १५ गतेसम्म सञ्चालन हुने नगरप्रमुखका स्वकिय सचिव रमेश सापकोटाले जानकारी गराए ।
उनका अनुसार खेलमा एथलेटिक्स , कराते, उसु, भलिवल ,कवडी र तेक्वान्दो जम्मा ६ वटा बिधामा खेलकुद संचालन भैरहेको छ । खेलकुदमा सामुदायिक २२ र १ सस्थागत गरि जम्मा २३ वटा बिद्यालय बाट ७ सय भन्दा बढी खेलाडिले सहभागी जनाएका छ्न् ।
प्रतियोगिताकाे उदघाटन नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गरेका हुन् ।