पहिराे पीडितलाई चेक हस्तान्तरण
रामकृष्ण पराजुली
६ पाैष , बलेफी । गत असाेज ११ र १२ गते परेकाे अविरल बर्षाकाे कारण घर क्षति भएका २ परिवाललाई चेक हस्तान्तरण गरिएकाे छ । बलेफी गाउँपालिका वडा नं.४ काेले स्थित आकाश तामाङ र वडा नं.६ बदर्पा स्थित चन्द्र बहादुर तामाङको घर पुर्णरुपमा क्षति भएकोले बलेफी गाउँपालिकाले पहिराे पीडितलाई चेक हस्तान्तरण गरेकाे हाे ।

बलेफी गाउँपालिकाले सप्राेस नेपालको सहयाेगमा पहिराे पीडितहरूलाई आर्थिक सहयोगमा आकास तामाङलाई ५० हजार र चन्द्र बहादुर तामाङलाई ३० हजार उपलब्ध गराएको सप्राेस नेपालकाे कर्मचारी सुजन पराजुलीले बताए ।

उनीहरूलाई बिहिबार एक कार्यक्रमकाे बिच बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङद्वारा चेक हस्तान्तरण गरिएको थियाे ।

