चौतारा नवलपुर मेलम्ची सडक अनुगमन, गुणस्तरसहित समयमा नै काम सम्पन्न गर्न पूर्व मन्त्री दुलालको निर्देशन

निर्मल बस्नेत
३ पुष, चौतारा । सिन्धुपाल्चोक जिल्लाको मध्ये भागमा रहेको चौतारा नवलपुर, मेलम्ची सडक स्तरउन्नति आयोजनाको अनुगमन गरिएको छ । अनुगमनमा निर्माण कार्यको जिम्मा पाएका निर्माण व्यवसायीलाई गुणस्तरसहितको समयमा नै काम सम्पन्न गर्न बागमती प्रदेश सांसद एवम् पुर्व भौतिक पुर्वाधार विकासमन्त्री युवाराज दुलालले निर्देशन दिए ।

अनुगमनमा दुलालसंगै पदेश सांसद अमृता नेपाल, भौतिक पुर्वाधार विकास कार्यलयका सिनियर डिभिजनल इन्जिनियर प्रकास पौडेल, इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, स्थानीय जनप्रतिनिधीहरु, प्राविधिक लगायतको संयुक्त टोलीले अनुगमन गरेका हुन् ।

पुर्वमन्त्री दुलालको पहलमा यस सडक स्तरउन्नति आयोजनाका लागी प्रदेश सरकारबाट २६ करोड ८२ लाख ९३ हजार २ सय ६० रुपैयाँ बजेट बिनियोजन भएको थियो । सम्झौता अनुसार आउदो असार २२ सम्म निर्माण सकाउनुपर्नेछ ।
चौतारा झ्याँडी सडक खण्डमा २० प्रतिशत प्रगति भएको अनुगमनका क्रममा भौतिक पूर्वाधार कार्यालयमा प्राविधिक शत्रुघन यादवले बताए । जम्मा ८.२ किलो मिटर रहेको उक्त सडक खण्डमा ठेक्का सम्झौता भएको १८ महिना वितिसक्दा पनि कामले खासै गति लिन सकेको छैन ।

बर्षायामको समयमा सुत्केरीको उपचारमा समस्या झेल्नुपरेको र दैनिक आवतजावतमा समेत बाधा पुगेको भनि स्थानीयले पूर्व मन्त्री दुलाललाई पटक पटक कार्यस्थलमा अनुगमन गर्न अनुरोध गरेका थिए । स्थानीयहरु अनुरोध स्वीकार गर्दै पूर्वमन्त्री दुलाल सम्वद्ध पक्षहरुसहित मंगलबार कार्यस्थलमा पुगेका हुन् ।
दुलालले चौताराबाट सुरु गरेको अनुगमन इन्द्रावतीको भोर्ले डाँडासम्मको अवस्थिति प्रत्यक्ष अवलोकन गरेका थिए । चौतारा पिपलडाँडा झ्याँडी सडकखण्डमा निर्माण ब्यवासायीको ढिलासुस्तीकै कारण समस्या उत्पन्न भएको भन्दै सम्झौता अवधीभित्र काम सम्पन्न गर्न पुर्वामन्त्री दुलालले सम्बन्धित पक्षलाई निर्देशन दिए ।

यसैगरी इन्द्रावती गाउँपालिकाको झ्याँडीदेखी नवलपुर सड्क स्तरउन्नतीमा ७ महिनाभित्र २३ प्रतिशत भौतिक र १७ प्रतिशत वित्तिय प्रगती भैसकेको पूर्वाधार कार्यालय चौताराले जनाएको छ । चौतारा झ्याँडीको सडकको तुलनामा भने यस सडक खण्डमा तीब्र गतीमा काम भइरहेको पाइएको छ । ८ किलो मिटर रहेको यस सडक खण्डमा अमर ज्योती –भण्डारी –गोल्मेश्वर जेवी कन्ट्रक्सनले निमार्ण ठेक्का पाएको आयोजना तोकिएको समयमा सम्पन्न गर्ने निर्माण व्यवसायीको भानाइ छ । अझ निर्माण व्यवसायीको कामबाट खुसी भएका इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालले गाउँसभामा निर्माणकर्तालाई सम्मान गर्नेसमेत उद्घोष गरेका थिए ।

इन्द्रावती गाउँपालिका २ का अध्यक्ष श्याम गिरीले पूर्वमन्त्री दुलाललाई ०७९ मा भगवानको रुपमा पाएको भनि खुसी व्यक्त गरे । दुलाप्रति इगित गर्दै गिरीले भने ‘राम्रोलाई राम्रो र नराम्रोलाई भन्नुपर्छ, उहाँ जती बोल्ने त्यती गर्ने र गर्न नसक्ने बोल्दै नबोल्ने एक हो । असल काम गर्नेको तारिफ गर्ने हो, आफु सम्वद्ध दलका केहिले दुलालको तारिफ गरेको भनि आलोचना समेत गर्ने गरेको सुनाए । उनी भन्छन् ‘ ८४ पछि ८५ र ८५ पछि ८६ आउँछ तर हालको जस्तो कुरा सधै नै रहनुपर्छ ।

अनुगमनका क्रममा निर्माण ब्यवासायी, स्थानीय, प्राविधिक र जनप्रतिनिधिहरुलाई संगै राखेर सडक स्तरउन्नतिमा आयोजना तोकिएको समयभित्र सम्पन्न गर्न पूर्वमन्त्रि दुलालले कडाइकासाथ निर्देशन दिए । सडक, नाली, कालोपत्रे, ड्रेन आदि काम गर्दा स्थानीयको गुनासो तथा असनतुष्टि र निमार्ण पक्षको समस्यालाई प्राविधिक सहित समझदारी गर्दै काम गर्न दुलालले आग्रह गरे । उनले निर्माण कार्यमा कन्जुस्याई नगरि गुणस्तरीय काम गर्न जोड दिए ।

चौतारा नवलपुर, मेलम्ची सडक स्तरउन्नति आयोजनामा मापदण्ड अनुसार काम गर्न प्राविधिकले आफ्नो जिम्मेवारी वहन गरेको बताउदै निमार्ण पक्षले पनि छिटो छरितो काम गरेमा मात्र तोकिएको समयमा सकिने भौतिक पुर्वाधार विकास कार्यलय सिन्धुपाल्चोकका सिनियर डिभिजनल इन्जिनीयर प्रकास पौडेलले बताए ।