पूर्वमन्त्री र सांसदले पत्रकाहरुलाई गरे स्वागत
निर्मल बस्नेत
१ पौष , चौतारा । बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल र प्रदेश सांसद अमृता नेपालले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको १२ औँ अधिबेशनको निर्वाचनबाट निर्वाचितहरुलाई स्वागत एवं सम्मान गरेका छन् ।

मंसिर २८ गते सम्पन्न निर्वाचनमा आगमी ३ बर्षको लागि निर्वाचित महासंघको अध्यक्ष ध्रुव दंगाल लगायतलाई स्वागत गरेका थिए । स्वागत कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष जीवनप्रसाद श्रेष्ठ, अग्रज पत्रकार सुरेश कसजु पनि सहभागि रहेका थिए । सांसदहरुको स्वागतमा नवनिर्वाचित महासंघका उपाध्यक्ष दिपक अर्याल, उपाध्यक्ष कमला पख्रीन, सचिव टीका सुवेदी, सहसचिव देवराज सुवेदी, सहसचिव सञ्जय तामाङ, कोषाध्यक्ष दीपक खत्री र सदस्यहरु किरण थापा, निर्मल बस्नेत, दिपीन ढुंगाना, बिपना तामाङ, फुलमान तामाङ, बागमती प्रदेश सदस्य सुनीता रखाल, प्रदेश परिषद सदस्य रुपक पुरी लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
चौतारा शहीदचोकमा रहेको कञ्चन स्मृति पुस्तकालय ग्राममा उनिहरुलाई सम्मान गरिएको हो ।

पत्रकारहरुसंगको भेटमा पूर्व मन्त्री दुलाले भेटघाटलाई संस्कारको रुपमा बिकास गर्न सकियोस् भन्ने कामना गरे । उनले राजनीतिककर्मी र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताए ।

दुलालले साझा रुपमा अननत्व हुने काम गर्नु पत्रकारहरुलाई आग्रह गरे । उनले पत्रकारहरुको पेशागत बिकासको लागि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
पत्रकारहरुलाई संगठन बिस्तारमा स्वस्थ प्रतिस्पर्धा र संस्थागत बिकासको लागि साझा धारणा बिकास गरेर अघि बढ्न आग्रह गरे । उनले भर्ने जहिले सम्म व्यवहारमा सचेत रुपले प्रस्तुत हुन सकिदैन तवसम्म देश बिकास हुदैन । ’अझ जोड दिदै भनेका छन् ‘राज्यले पत्रकारको पेशागत सुरक्षणका लागि स्पष्ट नीति र कार्यबिधि बनाउनैपर्छ ।’ प्रदेश सभाको सदनमा प्रदेशले गर्नुपर्ने कामको बिषयमा वकालत गर्ने गरेको समेत बताए । जिल्लाका पत्रकारहरुलाई रचनात्मक र सन्तुलित भूमिका निर्वाह गरि अघि बढ्न आग्रह गरे ।
त्यस्तै प्रदेश सांसद अमृता नेपालले पत्रकारहरु जनताको सुखदुःखको सारथि बन्न आग्रह गरिन् । उनले पत्रकारहरुलाई राज्यको नीति अनुरुप काम भए नभएकोमा सरकारको ध्यानाकर्षण गर्दै निरन्तर खवरदारीमा लाग्न सुझाइन् । दंगालको नेतृत्वमा रहेको महासंघ नमुना र प्रेरणा दिने कार्यकाल बनोस् भनि कामना गरिन् ।
नवनिर्वाचित अध्यक्ष ध्रुव दंगालले जनप्रतिनीधिहरुको स्वागत र सम्मानले हौसला र प्रेरणा मिलेको भनी खुसि व्यक्त गरे ।
दंगालले चुनावी धङधङी हटाएर संस्थागत बिकासमा लाग्न र रचनात्मक सहयोग गर्न सवैलाई आग्रह गरे । उनले श्रमजीवी पत्रकारहरुको पेशागत दक्षता र पारिश्रमिकको सवाल मूख्य रहेकोले त्यसतर्फ जोड दिएर काम गर्न सवैलाई आग्रह गरे ।
अध्यक्ष दंगालले आफुसंग निर्वाचनमा पराजित हुने र बरिस्ठहरुलाई संगै लैजाने प्रतिबद्धता जनाए ।
उनले जोड दिदै भनेका छन् ‘नराम्रो कहिल्यै गर्दिन संस्थागत हानी नोक्सानीबाट टाढा राखेर पवित्र समृद्ध सिन्धुपाल्चोक बनाउने अभियानमा एउटै गन्तव्य बनाएर फराकिलो दायराका अघि बढ्छौ त्यसमा सांसदहरुको साथ चाहिन्छ । ’दंगालले पत्रकारीतालाई बिश्वसनीयता कायम गर्न, मर्यादित र अनुशासित बनाउन सवैले महासंघलाई सहयोग गर्न अपिल गरे ।

