
चौतारा अस्पतालमा आँखा, मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श सेवा सुरु

१ पौष, चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेको चौतारा अस्पतालमा आँखा, मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श सेवा सुरु गरिएको छ ।
सोमबार वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्षको उद्घाटन गरेका हुन ।
यस अस्पतालको सुविधा सम्पन्न भवन बने संगै सेवाहरु पनि विस्तारै थप हुदै गइरहेको छ । अस्पतालले गत असोजदेखि डायलासिसको सेवा समेत सुरु गरिसकेको छ । थप नयाँ सेवा आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श सेवा पनि सुरु गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले बताए ।
डा. भण्डारीले चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा सञ्चालित फिजियोथेरापीको सेवा दिनमा २० दखी ३० जनाले लिने गरेको जानकारी गारए ।
जिल्लामा स्वास्थ्य, शिक्षा तथा खेलकुदका सन्दर्भमा पुर्वाधार विकास संगै विभिन्न सेवाहरुको सकारात्मक विकास भएको पुर्वमन्त्री युवाराज दुलालले बताए । उनले दिनेश राम्जी बहुप्राविधिकमा फार्मेसी पढाइको सुरुवात गरे संगै यस अस्पतालसंग सहकार्य गरेर अगाडि बढाउने योजनाहरु रहेको बताए ।
चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटाले चौतारा अस्पताल सुत्केरी र अन्य रोगका लागि रगत चाहिने विरामी र आफन्तहरुले समस्या भोग्नुपरेको प्रति आफु गम्भिर रहेको बताउदै ब्लड बैंक संचालनको लागि आवस्यक कर्मचारीको ब्यवस्थापन गर्न नगरपालिका तयार रहेको बताए ।
उक्त कार्यक्रमकै बिच चौतारा अस्पतालमा ३ महिनामा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने स्वास्थ्यकर्मी असोज महिनामा रामकृष्ण नेपाल, कार्तिक महिनामा बुद्ध गुरुङ र मंसिर महिनामा सुनिल कुमार यादव रहेका छन् । उनिहरुलाई प्रदेश सरकारका मन्त्री थापामगरले सम्मान गरेका हुन् ।
पहिले रिफर सेन्टरको रुपमा चिनिने अस्पतालको नयाँ भवन बनेसंगै सेवा प्रवाहमा समेत थप व्यवस्थित बनाउदै लगेको छ ।