अपाङ्गता संगठन सिन्धुपाल्चोकको सम्मेलन सम्पन्न, अध्यक्षमा श्रेष्ठ चयन

निर्मल बस्नेत
२४ मंसिर, सुकुटे । अपाङ्गता संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न सम्मेलनले दुर्गाबहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

श्रेष्ठको नेतृत्वमा आगामी ३ बर्षको लागि निर्वाचित समितिको उपाध्यक्षमा पदमबहादुर श्रेष्ठ, सचिवमा जयन्ती बस्नेत, कोषध्यक्षमा निमा लामा र सदस्यहरुमा नरमान श्रेष्ठ, दलबहादुर बिक, लेखबहादुर तामाङ, राजेन्द्र नेपाल, राधिका माझी, सरिता लामा, ज्ञानलाल श्रेष्ठ, पिरुपती अधिकारी रहेका छन् ।

सम्मेलनबाट यमबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा सदस्यहरु अम्मरबहादुर घले, धनपति नेपाल लगायत अन्य २ जना रहेका छन् । निर्वाचित जिल्ला समितिलाई कार्यक्रमका प्रमुख अतिथि केशब नेपालले पद तथा गोपनीयताको सपथ खुवाए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन अपाङ्गता संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन पार्टी केन्द्रीय सदस्य एवम सिन्धुपाल्चोक जिल्ला इन्चार्ज केशव नेपालको प्रमुख आतिथ्यतामा भएको हो ।

सम्मेलन कार्यक्रममा संगठनको केन्द्रीय अध्यक्ष टिकाराम पराजुली, केन्द्रीय सल्लाकहकार एवं राष्ट्रिय अपाङ्गता महासंघ नेपालको बरिष्ठ उपाध्यक्ष राम कार्की र बागमती प्रदेश अध्यक्ष यमप्रसाद सुवेदी, प्रदेश सचिव केशवप्रसाद अधिकारी केन्द्रीय सदस्य सुजन पराजुलीले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका थिए । जिल्लाका बिभिन्न स्थानबाट प्रतिनिधीहरु सहभागी कार्यक्रम संगठनको जिल्ला सह–इन्चार्ज उद्ववप्रसाद नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।