जनयुद्वकी कलाकार, सिन्धुकी चेली तिमिल्सिना हुम्लाबाट निर्वाचित
मंसिर १८, सिन्धुपाल्चोक । जनयुद्वकी कलाकार सिन्धुकी चेली देवकी तिमिल्सिना हुम्लाबाट उपाध्यक्षमा निर्वाचित भएकी छिन् । माओवादीले चलाएको १० बर्षे सशस्त्र जनयुद्व ताका कलाकारिताबाट आफ्नो राजनैतिक छबी बनाएकी सिन्धुपाल्चोककी चेली तिमिल्सना हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
दुई ठूला सत्ताधारी पार्टी कांग्रेस, एमालेलाई पछि पार्दै उनले १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । यस्तै तेस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरेकी थिइन् ।
यसअघि सर्केगाड गाउँपालिका नेकपा माओवादीकै चन्द्रसिंह कार्की थिए । उनको सडक दुर्घटनाका कारण मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।
जन्मघर सिन्धुपाल्चोक, मांखा रहेकी तिमिल्सना २०५२÷०५३ सालदेखि माओवादी निकट कलाकारिता लागेकी थिईन । उनको विवाह भने हुम्लामा दिपेन्द्र रोकायसंग भएको हो । पछिल्लो समय साहित्य क्षेत्रमा समेत नयाँ प्रतिभाको रुपमा उभ्याएकी तिमिल्सिनाको जनयुद्वकालिन राजनैतिक यात्राको क्रममा जनप्रतिधिका रुपमा पहिलोपटक अवसर पाएकी हुन् ।

