
चौतारामा लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी दुई दिने कार्यशाला सम्पन ।

निर्मल बस्नेत
२०८१ मंसिर १७ , चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना, कमलको फुल बहुउद्देश्यीय महिला सहकारी संस्थाको समन्वय र टेवाको प्रविधिक सहयोगमा २ दिने “लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति योजना“ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
नगर प्रमुख कृष्णप्रसाद सापकोटाले लैंगिक समानता र समावेशीकरणका क्षेत्रमा नगरपालिका प्रतिबद्ध रहेको र यस्ता कार्यक्रमले रणनीतिक योजना निर्माणमा मार्गदर्शन गर्ने बताए ।
कार्यक्रमको समापनमा नगर उप–प्रमुख सीता थापाले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै जनप्रतिनिधि र कर्मचारीहरूले अभिमुखीकरणमा सिकेको ज्ञानको कार्यान्वयनको समयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएकी थिइन् ।
नगर उप–प्रमुख सीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख सापकोटा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा र वडा नं १, २, ५, ६, ८, १३, र १४ का वडा अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो।
गोष्ठीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको नगरपालिकाले जननएको छ । कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकामा कार्यरत शाखा प्रमुख तथा कर्मचारी, नगर महिला सञ्जाल, नगर बाल सञ्जाल लगायतका विभिन्न सञ्जालहरूको प्रतिनिधिहरूको सहभागिता सम्पन्न उक्त अभिमुखीकरणमा रत्नकाजी बज्राचार्यले प्रशिक्षित गराएका थिए ।
मंसिर १६ र १७ गते दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा सहभागीहरूलाई तीन समूहमा विभाजन गरी कार्ययोजनाको नमुना तयार गराई प्रस्तुतीकरण गराइएको बताउदै प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले कार्यशालाहरूले स्थानीय तहमा लैंगिक समानता र समावेशीकरणका लागि ठोस कार्ययोजना निर्माण गर्न महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।