५ बर्ष देखि सुनकोशी–पिस्कर सडक अलपत्र

दिनेश दुलाल
मंसिर ८, (२०८१) पिस्कर । सिन्धुपाल्चोकको सहिदभूमि मानिएको पिस्कर जोड्ने सडक ५ वर्ष पुग्दा समेत बन्न सकेको छैन् । बाह्रबिसे नजिकै सुनकोशीबाट करिब १५ किलोमिटर पिस्करसम्म स्तरोन्नति तथा कालोपत्रे सुरु गर्ने भनेर ५ वर्ष अघि थालिएको काम अलपत्र अवस्थामा पुगेको छ । सडक ट्रयाक खुलेको डेढ दशकपछि २०७७ सालमा बाह्रविसे–सुनकोसी–धुस्कुन–पिस्कर सडक पक्की बनाउने काम थालिएपनि अहिले सम्म पुरा हुन नसकेको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्जव बोहोराले सिन्धुज्वालालाई बताए ।

तत्कालिन बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल तथा एमाले नेता अमृत कुमार बोहोरा लगाएत शिल्यान्यास गर्दै

पन्ध्र दशमलव ५ किलोमिटरको सडक आठ मिटर चौडाइमा विस्तार गरिने गरी दुई वर्ष दुई महिनामा पुरा गर्ने लक्ष्य सहित ३९ करोड ४० लाख रुपियाँमा सडकको स्तरोन्नति हुने प्राविधिक स्टेटमेन्ट (डिपिआर) मा उल्लेख छ । कान्छाराम कन्स्ट्रक्सनले कलभर्ट, पक्की नाला, अस्फाल्ट कङ्क्रिट सहितको ४० मिलिमिटर बाक्लो कालोपत्रे गर्ने गरी ठेक्का सम्झैता भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाईवाले जानकारी दिए । केन्द्र र प्रदेश सरकारको समपूरक बजेबाट निर्माण हुने सडकको बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले शिल्यान्यास गरेका थिए । २१ महिनामा सक्ने गरी काम गर्ने उद्देश्यका साथ सुरुवात गरेपनि ३० प्रति भन्दा माथि काम हुन सकेन । पछिल्लो पटक सडक निर्माण कम्पनी (ठेकेदार) सम्पर्कविहिन भएको प्रमुख प्रशासकीय अधिकृत वाईवा बताउँछन् ।

सडकको ठेक्का कान्छाराम कन्ट्रक्सनले पाएपनि पेटी ठेक्का भने सिन्धुपाल्चोकका राजेन्द्र लामाले लिएका हुन् । सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने गरी ठेक्का पाएको कन्ट्रक्सनले सम्झौता गरेअनुसार उसले दुई वर्ष ६ महिनामा सडकको काम सक्नु पर्ने थियो । सम्झौता अवधि अगावै दुई वर्ष एक महिनामा काम सके प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ठेकेदार कम्पनीलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो । सडक स्त्तरोन्नति अन्तर्गत चौडा बनाउने, नाला, कल्भर्ट, कजवेको व्यवस्था गर्दै कालोपत्रे गरिनुपर्ने अवधि सकिएर कन्ट्रक्सनले पुनः एक वर्ष म्याद थप गरेको छ । म्याद थपिएको अवधि सकिएको पनि एकबर्ष कटिसक्यो । उता सडकको पेटी ठेक्का जिम्मा लिएका राजेन्द्र लामाले भने सम्पर्क विहिन छन् ।

उनका अनुसार आस्फल प्रविधिबाट कालोपत्रेले गरिने भएको कारण काम छिटो सम्पन्न हुने उनको भनाई छ । नेपालमा अहिलेसम्मकै उन्नत् मानिएको यो आस्फल प्रविधिबाट गरिने कालोपत्रे सडक आठ मिटर फराकिलो हुनेछ,। उनका अनुसार अक्सफाल कंक्रिट ४० एमएम मोटाइएको हुने छ भने सडकमा रंगरोगन, ट्राफिक चिह्न र सुरक्षा संकेतको व्यवस्था गरिने छ । ग्रामीण बाटो भए पनि राजमार्गकै झल्को दिने गरी सडक बन्ने उनको भनाई छ ।

सहिदभूमि पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाको केन्द्र हो । २०४० माघ १ गते प्रजातान्त्रिक अन्दोलनको क्रममा भएको उक्त घटना मुलुकमा पिस्कर काण्डले चर्चित छ । गाउँपालिका केन्द्रबाट यो सडकले सात किमी दूरीमा छिमेकी लिसंखुपाखर गाउँपालिका र दोलखा जिल्लाको भीमेश्वर नगरपालिका जोडिने छ । यसले दोलखाको लागि बैकल्पिक मार्गको रुपमा समेत काम गर्ने बताईएको छ ।

यो पनि पढ्नुहोस

प्रम ओलीको क्याविनेट मन्त्रीनै कालो सूचिमा