प्रम ओलीको क्याविनेट मन्त्रीनै कालो सूचिमा
मंसिर ७, पिस्कर । उर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङको निर्माण कम्पनी कालोसुचीमा परेको छ ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जनभन्दा बढी कम्पनीहरु कालोसूचीमा राखेको हो । उनी प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटको बाहलवाला राज्यमन्त्री हुन् । राज्यमन्त्री तामाङको कम्पनी २ वर्ष ६ महिनाका लागि कालोसूचिमा परेको हो ।
उनै राज्यमन्त्री लामाको नाममा रहेको कान्छाराम कन्ट्रक्सनले बाह्रविसे–सुनकोसी–धुस्कुन–पिस्कर सडक पक्की बनाउने काम ५ बर्ष अघि जिम्मा लिएको थियो । उक्त सडक अहिले अलपत्र रहेको छ । उनी कालो सूचिमा परेसंगै सडक निर्माणको काम अनिश्चित बनेको छ ।
उनी संगै दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसुचीमा राखिएको छ । कालोसूचीमा पर्नेमा उर्जा राज्यमन्त्री समेत रहेका कांग्रेस नेता पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एनबी कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।

