वाग्मती प्रदेशको बालसाहित्य

डा. कृष्ण सुवेदी (भारद्वाज मित्र)

१. विषय परिचय
वाग्मती प्रदेश नेपालका सात प्रदेशमध्येको एक हो । नेपालको राजधानीसमेत रहेको यस प्रदेशको भौगोलिक, भाषिक, साहित्यिक र सांस्कृतिक क्षेत्रमा विशेष महत्त्व रहेको देखिन्छ । देशको केन्द्रविन्दु रहेको हुनाले यहाँ सबै कुराको प्रभाव बढी हुनु स्वाभाविक मानिन्छ । त्यसैले यो प्रदेश भाषा साहित्यका दृष्टिले पनि उल्लेखनीय मानिन्छ । जहाँ भाषा साहित्यको बलियो उपस्थिति देखिन्छ त्यहाँ बालसाहित्यको पनि कुनै न कुनै रूपमा उपस्थिति देखिनु स्वाभाविक नै मानिन्छ । यो प्रदेश बालसाहित्य सिर्जना तथा प्रकाशनका दृष्टिले पनि साँच्चै समृद्ध र समुन्नत देखिन्छ । यस अनुसन्धानमा वाग्मती प्रदेशका केन्द्रीयतामा रहेर त्यस क्षेत्रको बालसाहित्यको ऐतिहासिक सर्वेक्षण गरी वर्तमान अवस्थाको यथार्थ स्वरूप केलाउने प्रयास गरिएको छ ।

२. वाग्मती प्रदेशको भौगोलिक, सामाजिक तथा सांस्कृतिक अवस्था

देशको राजधानी काठमाडौँ समेत समाहित गरेर बनेको वाग्मती प्रदेश नेपालका सात प्रदेशहरूमध्ये एक प्रदेश हो । हेटौँडालाई यस प्रदेशको प्रादेशिक राजधानी बनाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लिखित तथ्यअनुसार धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक र रामेछाप गरी पाँचवटा हिमाली जिल्ला, नुवाकोट र काभ्रेपलाञ्चोक गरी दुईवटा पहाडी जिल्ला, काठमाडौँ, भक्तपुर र ललितपुरसमेत तीनवटा उपत्यकाका जिल्ला र सिन्धुली, चितवन र मकवानपुरसमेत तीनवटा भित्री मधेसका जिल्लाहरू यसमा पर्दछन् । यस प्रदेशको क्षेत्रफल २०,३०० वर्ग किलोमिटर छ । नेपालको कुल क्षेत्रफल १४७,१८१ मध्ये १३.७९५ क्षेत्रफल यस प्रदेशमा पर्दछ । यस प्रदेशको अवस्थिति यस्तो रहेको छ— यस प्रदेशको पूर्वमा प्रदेश नम्बर एक र पश्चिममा गण्डकी प्रदेश पर्दछन् भने उत्तरमा चीन र दक्षिणमा मधेस प्रदेश तथा भारतसँग यसले सीमाना साझेदारी गरेको छ । यस प्रदेशको सबभन्दा होचो भाग चितवनको गोलाघाट हो भने अग्लो भूभाग लाङटाङ हिमाल हो । यसको उचाइ समुद्री सतहदेखि १४१ मिटरदेखि ७,२२९ मिटरसम्म फैलिएको छ ।

नेपाल सरकारको नापी विभागका अनुसार यो प्रदेश २६०.५५ड्ढ उत्तरी अक्षांशदेखि २८०.२३ड्ढ उत्तरी अक्षांशसम्म र ८३०.५५ड्ढ पूर्र्वी देशान्तरदेखि ८६०.३४ड्ढ पूर्र्वी देशान्तरसम्म फैलिएको छ । १३ जिल्लाहरू रहेका यस प्रदेशमा ८४ वटा गाउँपालिका, ४१ वटा नगरपालिका, एउटा उपमहानगरपालिका र ३ वटा महानगरपालिका रहेका छन् । भरतपुर, ललितपुर र काठमाडौँ महानगरपालिका हुन् भने प्रदेशको राजधानी हेटौँडा यस प्रदेशमा रहेको एक मात्र उपमहानगरपालिका हो । नेपालको कुल नगरपालिका र गाउँपालिकाको यसले १५.८०५ भूभाग ओगटेको छ । जसमा नेपालको राजधानी रहेको जिल्ला काठमाडौँ र नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर गाउँपालिकाविहीन छन् भने रसुवा जिल्लामा नगरपालिका छैन ।

नेपालको जनगणना २०७८ अनुसार यस प्रदेशको जनसङ्ख्या ६०,८४,०४२ रहेको छ । यहाँको हावापानीमा पनि विविधता भेटिन्छ । वाग्मती प्रदेशको क्षेत्रफल २०,३०० वर्ग किलोमिटर रहेको छ जुन नेपालको कुल क्षेत्रफलको १३.७९५ रहेको छ । प्रदेशको सबैभन्दा तल्लो विन्दु भनेको चितवनको गोलाघाट हो जुन समुद्री सतहबाट १४१ मिटर माथि रहेको छ । प्रदेशको सबैभन्दा उच्चतम विन्दु भनेको रसुवा जिल्लामा रहेको लाङटाङ हिमशृङ्खलामा अवस्थित लाङटाङ लिरुङ हो । जुन समुद्री सतहबाट ७,२२९ मिटर माथि रहेको छ । यस प्रदेशमा १० वटा उपजलाधार प्रणालीहरू र ३३ वटा मुख्य नदीहरू रहेका छन् । यीमध्ये सबैभन्दा लामो नदी सुनकोसी रहेको छ जसको लम्बाइ १६०.१९ किलोमिटर रहेको छ भने सबैभन्दा छोटो नदी लालबकैया रहेको छ जसको लम्बाइ १.८९ किलोमिटर रहेको छ । यस प्रदेशको कुल जमिनको ५३.७ प्रतिशत (१०९००८५) हेक्टर जमिन वनले र ७.५७ प्रतिशत (१५३७५९ हेक्टर) झाडी बुट्यानले गरी कुल ५९.२७ प्रतिशत (१२४३८४४ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ भने २४।३४ प्रतिशत (४९४०८४ हेक्टर) जमिनमा खेती भएको पाइन्छ । सबैभन्दा थोरै जमिन ३०७ हेक्टर (०.०२ प्रतिशत) ताल पोखरीले ओगटेको पाइन्छ ।

नेपाल एकीकरणपछि मुलुककै राजधानी रहेको काठमाडौँका साथै ललितपुर, भक्तपुर, कीर्तिपुर, बनेपा, धुलिखेल, पनौती आदि वाग्मती प्रदेशका पुराना सहरहरू हुन् । यसरी भरतपुर र हेटौँडा नयाँ र व्यवस्थित ठुला सहरहरू हुन् भने पाँचखाल, सिन्धुली, धादिङबेसी, विदुर, पालुङ, मेलम्ची, चरिकोट, जिरी, मन्थलीलगायतका उदीयमान सहरहरू पनि यस प्रदेशमा पर्दछन् । बालसाहित्य पनि अरू साहित्यजस्तै सभ्यता, संस्कृति, भाषा र त्यस भूगोलमा रहने जाति जनजातिहरूका रहनसहन र व्यवहारसँग जोडिएको हुन्छ । अर्थात् साहित्यको नालीबेली केलाउने हो भने त्यस भूगोलका सभ्यता, संस्कृति र परम्पराका बारेमा पनि खोजीनिती गर्नु आवश्यकता पर्दछ । लोकसाहित्य नै कुनै पनि आधुनिक साहित्यको उद्गम हुने हुनाले लोकका बारेमा बुभ्mनु, जान्नु र त्यसका बारेमा अध्ययन गर्नु झनै आवश्यक हुन आउँछ ।

वाग्मती प्रदेशको सबैभन्दा ठुलो जातीय समूह बाहुन, क्षेत्री हो । जहाँ बाहुन १८.३२ र क्षेत्री १७.१३ गरी प्रदेशको कूल जनसङ्ख्याको ३५.४५ हुन आउँछ । प्रदेशकै मध्यपहाडी क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायको सङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको २०.५४ छ, त्यसैले यो दोस्रो ठुलो जातीय समूह हो । काठमाडौँ उपत्यका, पनौती, बनेपालगायतका काभ्रे उपत्यकाका पुराना सभ्यता र त्यस क्षेत्रका संस्कृतिहरूका साथै त्यस आसपासमा बसोबास गर्ने नेवार समुदाय हो । यो समुदाय प्रदेशको तेस्रो ठूलो जातीय समूह हो । जसको सङ्ख्या १७.०७ प्रतिशत रहेको छ ।

सिन्धुपाल्चोकको तौथली क्षेत्रमा बस्ने नेवार जातिको एक ठूलो समुदाय छ । त्यो समुदायको भाषा, रीतिरिवाज र संस्कृति नितान्त फरक रहेको छ । त्यस्तै रामेछापको सुकाजोरमा हायु जातिको बसोबास रहेको छ । यो जातिको सारीरिक अवस्था हेर्दा मङ्गोल जस्ता देखिन्छन् भने जीवनपद्धति, रहनसहन, संस्कृति आदिवासीजस्तो लाग्ने भिन्न प्रकारको पाइन्छ । यस प्रदेशमा रहेका जिरेल, थामी, चेपाङलगायतका अल्पसङ्ख्यामा रहेका समुदायका पनि विशिष्ट प्रकारका रीतिरिवाज, चालचलन, जीवनपद्धति र प्रथाहरू छन् । अर्थात् फरक फरक संस्कृतिहरू छन् । यसका साथै मगर, विश्वकर्मा, गुरुङको जनसङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको क्रमशः ४.८७, २.५२ र २.२२ रहेको छ । यस प्रदेशमा आआप्mनै प्रकारका संस्कृति र परम्परा रहेका अन्य समुदायमा थारू, राई, दमाईं, सार्की र चेपाङको जनसङ्ख्या क्रमशः प्रदेशको कुल जनसङ्ख्याको १.६३, १.५२, १.३६, १.३३ र १.१६ रहेको छ । अर्को अल्पसङ्ख्यक हिमाली जातिका रूपमा यस प्रदेशमा ह्योल्मो जातिको पनि बसोबास रहेको पाइन्छ ।

हिमाली क्षेत्रका बासिन्दाहरूको संस्कृति र परम्परामा आप्mनै फरक विशेषताहरू पाइन्छन् । हिमाली क्षेत्रमा बसोबास गर्ने यी शेर्पा, ह्योल्मो समुदायका पनि स्वभावतः फरक संस्कृति र रीतिरिवाजहरू प्रचलित छन् ।
देशको सरकारी कामकाज भाषा नेपाली यस प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा हो । प्रदेशको कुल जनसङ्ख्याको ६७.२३५ प्रतिशत मानिसहरू नेपाली मातृभाषी छन् । तामाङ १८.४९ र नेपाल भाषा १२.४४ प्रतिशतले प्रयोग गर्दछन् । प्रदेशमा बोलिने अन्य भाषाहरूमा मगर ९१।८२५०, थारू ९१।३३५०, मैथिली ९१।१९५०, गुरुङ ९०.९३५० र चेपाङ ९०.८५५० आदि रहेका छन् ।

यस प्रदेशका ७१.७८ प्रतिशत मानिसहरू हिन्दु धर्मका अनुयायीहरू छन् भने दोस्रो ठुलो धर्ममा बुद्ध धर्म पर्दछ । यस प्रदेशमा बुद्ध धर्मका अनुयायीहरू २३.२८५ प्रतिशत रहेका छन् । यस्तै यस प्रदेशका अन्य धर्महरूमा इसाई २.८७५ र इस्लाम ०.६७५ रहेका छन् । तथ्याङ्कमा ल्याउन नसकिएका बोन, जैन, सिखलगायतका सम्प्रदायका मानिसहरूको यहाँ बसोबास रहेको छ भने कुनै पनि सम्प्रदायमा संलग्न नभएका, सबै सम्प्रदायलाई साम्य आँखाले हेर्ने र मानवतालाई आप्mनो अभीष्ट मान्ने धर्मनिरपेक्षहरूको पनि यहाँ उल्लेख्य सङ्ख्या रहेको छ ।
क्रमशः