
बर्षकै उत्कृष्ठ कर्मचारीको रुपमा खड्का सम्मानित

निर्मल बस्नेत
१३ कार्तिक, खाडिचौर । सुनकोशी गाउँपालिकाको सामाजिक सुरक्षा शाखामा कार्यरत एमआइएस अपरेटर टोपबहादुर खड्का यो बर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मानीत भएका छन् ।
सम्मानको साथ गाउँपालिकाले उनलाई नगद पुरस्कार पनि प्रदान गरेको छ । उनिसंगै गाउँपालिकाले शिक्षा क्षेत्रमा प्रगती हासिल गरेका बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाले २५ बर्षभन्दा बढी सेवा सर्ने अधिकृत युगबहादुर खड्कका लगायत अन्य ६ जनालाई पनि सम्मान गरेको छ । मंगलबार सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकले शुभ दिपावली, नेपाल संवत र छटको अवसरमा आयोजना गरेको शुभकामना, चियापान संगै बिबिध सम्मानको कार्यक्रम गरेको हो ।
सिन्धुपाल्चोक जिल्लाको प्रथम बिद्याबारीधी गर्ने चन्द्र बहादुर कार्की लगायत ७ जना बिद्याबारीधि गर्ने सम्मानित भएका छन् । गाउँपालिका भित्रका ७ जना बिद्याबारीधी गर्नेहरुलाई गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिकाले अभिलेख उतार गरेभन्दा पछि पहिचान भएका एक जनालाई भने पछि सम्मान गर्ने गाउँपालिकाले जनाएको छ ।
बिद्याबारीधी गरेबापत सम्मानित हुनेहरुले गाउँपालिकाले उचित समयमा क्षमताअनुसार काममा सहभागि हुने अवसर दिलाए भने गाउँपालिकाको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिकाभित्र रहेको तहगत रुपमा सवै बिद्यालयको गत बर्षको नतिजाको आधारमा बिद्यालय र बिद्यार्थीहरु सवैलाई सम्मान एवं नगद पुरस्कार प्रदान गरिएको थियो । गाउँपालिकाले युवाहरुमा बिदेश मोह ह्वात्तै बढेपछि कक्षा १२ सम्म निशुल्क पठनपाठनको व्यवस्था गरेको गाउँपलिका अध्यक्ष टपिन्द्र तिमल्सीनाले बताए ।
गाउँपालिका गत आर्थिक बर्षमा स्वास्थ्यमा सिन्धुपाल्चोककै उत्कृष्ठ हुन सफल भएको थियो । त्यस्तै कार्यसम्पादन मूल्याङ्कनमा ९१ अंङ्क प्राप्त गरेको थियो ।
गाउँपालिकामा दास्रो कार्यकालको लागि टपिन्द्र तिमल्सीना अध्यक्षमा निर्वाचित भएयता उनले गाउँपालिकाबाट सेवा सुबिधा लिएका छैनन् । उनले व्यक्तिगत सवारी साधन प्रयोग गर्दै आईरहेका छन् । जिल्लामा यसरी सुबिधा नलिने स्थानीय सरकारका प्रमुखहरु मध्येका तिमल्सीना एक हुन् ।
कार्यक्रमका नेकपा एमाले पालिका समिति सचिव रामहरी खड्का नेकपा (माओवादी केन्द्र) का अध्यक्ष मिम बहादुर योञ्जन, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन्रसाद श्रेष्ठ, शिक्षक महासंघ लगायतले बिभिन्न चाडपर्वहरुको अवसरमा सवैको कल्याण होस् भनि सुस्वास्थ्यको कामना गदै शुभकामना प्रदान गरेका थिए ।
गाउँपालिकाको कर्मचारीहरु, स्थानीयहरु, सुरक्षकर्मी, सञ्चारकर्मीहरुको उपस्सिथतिमा गाउँपालिकाका अधिकृत युग बहादुर खड्का र प्रेस सल्लाहकार दिनेश थापाको उद्घोषण र गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रमा गाउँपालिका उपाध्यक्ष कान्छी लामा , सात वटै वडाका अध्यक्षहरुले गाउँपालिकाको बिबिध बिषयमा तर्क प्रस्तुत गदै सम्पूर्ण चाडपर्वहरुको शुभकामना व्यक्त गरेका थिए ।