कुविण्डे दुग्ध उत्पादक सहकारी ३२ औँ बर्षमा, दुग्धजन्य पदार्थ उत्पादनमा जोड दिन सांसद् सापकोटाको आग्रह

निर्मल बस्नेत
असोज २३, कुविण्डे । दुग्ध उत्पादनमा सिन्धुपाल्चोक जिल्लाकै क्रियासिल सहकारी संस्था कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो ३२ औं वार्षिक साधारसभा संघिय सांसद माधब सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
सांसद् सापकोटाले सहकारीलाई नयाँ मोडेलरुको रुप दिनको लागि दुग्धजन्य पदार्थ उत्पादनमा जोड दिन सहकारीलाई बिशेष आग्रह गरेका छन् । ।
सापकोटाले जनयुद्वको उदगम स्थल कुविण्डेले राजनैतिक चेतना सहित कृषि क्रान्तिको चेतनाको समेत अभिभावकत्व लिनु पर्नेमा जोड दिए ।
‘कृषिजन्य उत्पादनको क्षेत्रमा तपाईहरुको महिनेत र परिश्रम सह्रानीय छ, यसलाई पूँजिको रुपमा संरक्षण गर्न आवश्यक रहेको छ’, माओवादी केन्द्रका केन्द्रिय समेत रहेका सापकोटाले भने । कुविण्डेलाई कृषिग्रामको रुपमा विकास गर्न अन्य छिमेकी मुलुकको समेत सहयोग रहेको बताउँदै कुबिण्डेलाई नेपालकै भ्रमण र अध्ययन गर्न लायक स्थानको रुपमा बिकाकस गर्ने योजना बनाएको तर्क गरे । आगामी दिनमा निर्वाहमुखी मात्र नभई आत्मनिर्भरतातर्फ सहकारीले कृषि उत्पादनलाई बढवा दिन जोड दिए ।

कार्यक्रमका बिशेष अतिथि बागमती प्रदेश सरकारका पूर्व भौतिक तथा पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले सहकारीको सेयर सदस्यहरुले सहकार्यताको भावनाका बिकास गरि नमुना र प्रशंशायोग्य सहकरीको रुपमा विकास गर्न आग्रह गरे ।
उनले आफुले कमाएको रकमको बचत सहकारीमार्फत जगेडा राखेर त्यसको मुनाफा बिस्वास योग्य रुपमा आवश्यकताको आधारमा प्रयोग गर्ने उचित वातावरण तय गरिनपर्ने बताए । जसको कारण अन्यत्र ऋण लिन जान पर्ने अवस्थाको अन्त्य होस् भन्ने कामना गरे ।

चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले मिहिनेत परिश्रमले मात्र समाजवादी व्यवस्थाको आधार तयार गर्न सकिने भन्दै कुविण्डेलाई कृषिमा आत्मनिर्भर बनाउन लागिपरेको बताए । उनले नमुना कृषि क्षेत्रको रुपमा विकास गर्न पूर्व सभामुख अग्निप्रसाद सापकोटाको पहलकदमी र भूमिकाको पनि चर्चा गरेका थिए ।

करोडौको लगानीमा निर्माण हुँदै गरेको सितभण्डारको उचित व्यवस्थापनको विषयमा सोच्ने बेला आएको तर्क गरे । सापकोटाले नगरपालिकाले पनि कृषिलाई उच्च प्रथामितामा राखेर काम गरिरहेको जानकारी गराए ।

कार्यक्रममा ४ नम्बर वडाका वडाअध्यक्ष कुमार शर्माले कुविण्डेलाई नमुना कृषि क्षेत्रको रुपमा चिनाउन दुग्ध उत्पादक सहकारी संस्थाको ठूलो लगानी र योगदान रहेको बताउँदै नगर तथा वडाले समेत दुग्ध उत्पादनको पकेट क्षेत्रको रुपमा कुविण्डेलाई अझै विकास गर्न लागेको बताए । साथै घाँसको लागि आगामी बर्ष साईलेस मेसिन खरिद गरि हिउँदमा समेत प्रसोधन गरिएको घाँस प्रयोग गर्न सक्ने सुबिधा वडाले प्रदान गर्ने उद्घोष गरे ।

नगर सञ्जालका अध्यक्ष नरमान श्रेष्ठले सहकारीले चौतारा सम्म दुध उपलब्ध गराई सदरमुकाममा बसोवास गर्नेहरुलाई सेवा पुर्याएको भनि धन्यवाद व्यक्त गरेका थिए । साथै उनले सहकारीको थप सफलताको कामना समेत गरेका थिए ।
कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरुले सहकारीको वार्षिक साधारणसभा तथा अधिवेशनको सफलताको शुभकामना दिएका थिए । साधारसभामा वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

४ सय ३ महिला, ५ सय १० पूरुष गरी ९ सय १३ जना शेयर सदस्य रहेको उक्त सहकारीको कार्यक्षेत्र चौतारा साँगाचोकगढी नगरपालिकाको २ र ४ तथा बलेफी गाउँपालिकाको पनि २ र ४ वडा नै समेटिएको सहकारीले जनाएको छ ।

अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन अनुसार उक्त सहकारी मार्फत चौतारा साँगाचोकगढी नगरपालिकाले दुधमा अनुदान प्रतिलिटर ४ रुपैंको दरले २० लाख ३६ हजार रुपैंया कृषकको दुधको आधारमा वितरण गरिएको उल्लेख छ ।

आलु उत्पादनको सबै भन्दा राम्रो क्षेत्र मानिएको कुण्डिेका किसान लक्षित शित भण्डार सहकारीकै पहलकदमीमा निर्माणधिन रहेको अध्यक्ष प्रेमप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार सहकारीको नौविसे र आफ्नै भवन कुण्डिेमा चिस्यानकेन्द्र चालु अवस्थामा रहेको छ । सहकारीको २०८०÷०८१ मा ८ करोड ९५ लाख ५५ हजार ६ सय ५१ को आर्थिक कारोबार गरिएको समेत सहकारीले जनाएको छ । सहकारीका अनुसार संस्थाको शेयर पूँजि ८३ लाख ९९ हजार ६ सय रहेको छ । सहकारीले ५ करोड ९१ लाख ६४ हजार ऋण लगानी गरेको छ । र, ४ करोड ९२ लाख ६४ हजार ९ सय २८ बचत रहेको उल्लेख छ ।

सहकारीले डिडिसिसंग दुध विक्री गरेको मात्रै आर्थिक वर्ष २०८०–०८१ मा डिडिसी , स्थानीय बजार र खुद्रा बिक्रि गरि ४ करोड २३ लाख ४४ हजार २ सय ७१ रुपैंया बराबरको दुध विक्री गरिएको सहकारीका संस्थाका कोषाध्यक्ष खिकाप्रसाद नेपालले जानकारी दिए ।
सोही कार्यक्रमको अवसरमा सहकारीले उत्कृष्ट किसान तथा असल ऋणी लगायत विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको संस्थाका व्यवस्थापक दुर्गाप्रसाद सापकोटाले जानकारी दिए ।
जसमा सम्मानित हुनेहरुमा धेरै दुध बिक्रि गर्ने कबिता हादाल, नियमित दुध बिक्रि गर्ने शुसिलराज भण्डारी, गुणस्तर दुध बिक्रि गर्ने केर सिं तामाङ, नियमित बचातको कारोवार गर्ने मसक्तिनाथ सापकोटा, अनुशासनपूर्वक दुध बिक्रि गर्ने दिर्घ बहादुर ठकुरी, नियमित ऋणको कारोवार गर्ने यज्ञनाथ सापकोटा र सफा दुध बिक्रि गर्ने ओमनाथ नेपाल रहेका छन् ।

यस्तै सहकारीमा योगदान गर्ने दुवानीकर्ता र दिवंगतको परिवारलाई समेत मरोनापरन्त सम्मान गरिएको थियो ।
संस्थाका सचिव गंगाप्रसाद नेपालले सञ्चालन गरेको कार्यक्रममा संस्थाको सदस्य प्रतिमा आचार्यले स्वागत गरेकी थिईन् । कार्यक्रम सेयर सदस्यहरुको उत्साहपूर्वक सहभागिातामा भव्यरुपमा सम्पन्न भएको थियो ।