
लागुऔषधसहित क्लीनिक सञ्चालक पक्राउ

२० असोज, चौतारा । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरापलिका वाडा नम्बर ७ मेलचौरमा रहेको एक क्लिनिक सञ्चालकलाई लागुऔषधसहित पक्राउ गरेका छन् । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित सुयोग उपचार क्लिनिकका सञ्चालक सुर्य प्रसाद घोरासैनी रहेका छन् ।
चडवाडमा मानव स्वास्थ्यमा खेलबाड नहोस् भन्ने हेतुले जिल्ला बजार अनुगमन समितिले मूख्य व्यापारिक केन्द्रहरुको अनुगमनलाई तिब्रता दिदै आएको उद्योग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोकका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले बताए । अनुगमन कै क्रमममा जिल्ला बजार अनुगमन टोली आईतबार मिलचौरमा रहेको सुयोग उपचार क्लिनिकबाट बिभिन्न प्रकारका लागुऔषध फेला परेको उनले बताए ।
जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव समेत रहेका काफ्लेका अनुसार घोरासैनीले बिना प्रकृया औषधी विक्री गर्नुका साथै कम मूल्यका औषधी समेत सेवाग्राहीसँग वढी शुल्क लिएर बिक्री गर्ने गरेको पाइएको छ ।
क्लिनिकबाट लागुऔषध बिक्री भएको सूचनाको आधारमा खानतलासी गरी ट्रिपलिन, इलोप्राम, क्लोजेप, क्याप्सुल आईपी ट्रामोल लगायत १९ प्रकारका लागुऔषधसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
क्लिनिक संचालकले आफुहरु सुत्ने कोठामा समेत लागुऔषध राख्ने गरेको भेटिएको थियो । उक्त क्याप्सुल ग्राहक समक्ष मंहगो शुल्कमा विक्री गर्ने गरेकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।
केहि सयमदेखी लागुऔषधको कुलतमा रहेका एक स्थानीयको साथमा सादा पोषाकमा प्रहरी क्लीनिक प्रबेश गरेर छड्के जाँच गरेपछि उक्त बरामद बस्तुहरु फेला पर्न सुरु भएको थियो । र अनुगमन टोलीसंग रहेको प्रहरीहरुले खनतलासी गर्दा घोरासैनीको बेडरुमबाट पनि फेला पारेको र स्थानीय र अनुगमन टोली सवैको रोहबरमा प्रहरीले औषधीको साथ मेडिकल सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सन्तोष खड्काले बताए ।
उनका अनुसार उक्त स्थानमा नजिकै रहेको एक क्लीनिकमा पनि लागुऔषध रहेको सुचना पाएकोले चेकजाँचमा गएको तर सञ्चालक मेडिकल बन्द गरि सम्पर्कमा नआएको समेत जनाए । उक्त मेडिकल पनि प्रहरीको अनुमति बिना खोल्न नलगाउनु भनि घरधनीलाई भनिएको बनले बताए ।