
राहत सामग्रीसहित पुगे पहिरोपीडितकोमा जनप्रतिनीधिरु

निर्मल बस्नेत
१९ असोज, सेलाङ । सिन्धुपाल्चोकका जनप्रतिनीधिहरु राहत सामग्रीसहित बाढी पहिरो पीडीतहरुलाई भेट्न पुगेका छन् । जनप्रतिनीधिकै पहलमा जिल्लाको २ स्थानमा राहत उपलब्ध गराएको छ ।
उनिहरु बाढीपहिरो पीडितकहाँ गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनलाई लिएर राहत सामाग्री सहित पुगेका हुन् । शनिबार जुगल गाउँपालिका वडा नंम्वर १ कुनेगाउँ र बलेफी गाउँपालिका वडा नंम्वर २ अर्चलेका पीडितहरुलाई राहत वितरण गरेको हो ।
अबिरल बर्षाको कारण असोज १२ गतेको बाढी र पहिरोले विस्थापित वनाएको जुगल र बलेफीको २५ परिवारलाई खाद्यन्न, लत्ताकपडा, झोलासहितको सामाग्री उपलब्ध गराएको हो । जुगल गाउँपालिका –१ कुनेगाँउमा ९ र बफेफी गाउँपालिका – २ अर्चलेमा १६ परिवारलाई राहत सामाग्री वितरण गरिएको संघिय सांसद माधव सापकोटाको सचिवालयले जानकारी गराए ।
गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष निर्मल शर्मा चौलागाईले भने ‘पीडितहरुको लागि तत्काल आवश्यक पर्ने खाद्यन्न र व्लाङकेट लगायतका एक सेट सामाग्री वितरण गरेका हौँँ ।
उक्त राहत सामग्री संघिय सांसद सदस्य माधव सापकोटा, प्रदेश सांसद सरल सहयात्री, अमृता नेपाल, बलेफी गाउँपालिकाको अध्यक्ष गंगाबहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वो, बपलेफी गाउापालिका वडा नं २ का अध्यक्ष छबीलाल न्यौपाने, एनआरएन चीनका अध्यक्ष शर्मा, महासचिव प्रदिप नेपाल लगायतले राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।