ह्युम पाईपले जाेडियाे तातोपानी, वाेर्डर सम्म जाेडिन केहीदिन लाग्ने

असोज १९, ताताेपानी । असाेज ११ र १२ गतेकाे अविरल बर्षाले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेकाे तातोपानी ह्युम पाईपले जाेडिएकाे छ ।

३ दिन देखि अस्थायी ह्युमपाईप राखेर सडक बनाउन खाेजिएपनि भाेटेकाेशी नदिकाे बहाव ज्यादै भएपछि निकै कठिनायी भएकाे थियाे । तर शनिबार साँझ ५ बजे ह्युमपाईप राखेर सडक सञ्चालनमा ल्याईएकाे भाेटेकाेशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले सिन्धुज्वालालाई बताए । उनका अनुसार ह्युमपाईप राखेर साना गाडि आवतजावत गराएपनि ठूला गाडि भने तत्काल नसकिएकाे हाे । ताताेपानीमा थुनिएर बसेका सयाैं साना सवारीसाधन पास गराईएकाे सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।

उनका अनुसार लार्चामा ह्युमपाईप राखेर सडक सामन्य अवस्थामा सुचारू गरेपनि काेदारीकाे पहिराे तथा लिपिङ खाेलाकाे पुल राख्न अझै बाँकी छ । भाेलीबाटै त्यताकाे काम सुरूवात गरिने संघका अध्यक्ष बस्नेतले बताए । लार्चामा राखिएकाे ह्युमपाईप निकै गहिराे स्थानमा राखिएकाले ठूला गाडिहरू आवतजावत गराउन कठिनायी भएकाे भाेटेकाेशी गाउँपालिका-३ का अध्यक्ष निमासाेना शेर्पाकाे भनाई छ । यसकाे लागि समेत निरन्तर लागि परेकाे उनले जानकारी दिए ।

स्मरण रहाेस शनिबारको भोटेकोसी बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका लागि तुइन समेत राखिएको छ ।

भोटेकोशी गाउँपालिका-२ , लार्चामा रहेको बेलिब्रिज बगाएपछि सिमाक्षेत्र लिपिङका स्थानिय सडक सम्पर्क विहिन भएका थिए । पुल बगेपछि ठप्प बनेको तातोपानी नाकालाई लार्चामा तुइन बनेपछि स्थानियले आवातजावत गर्न पाएका थिए । तुइन असुरक्षित हुने भएपछि साेही ठाउँमा फड्के राखिएकाे थियाे ।
आज सडक डिभिजन कार्यालयको १ वटा र भोटेकोसी गाउँपालिकाको १ गरि २ वटा स्काभेटर र टिपर प्रयोग गरि ह्युम पाइप राखेर सडक बनाईएकाे हाे ।

लिपिङ खोलाले लिपिङ र कोदारी बजार जोड्ने लिपिङ पुलमा समेत क्षति पुर्‍याएको छ भने अरनिको राजमार्गमा समेत क्षति छ ।
तातोपानी नाका अवरुद्ध हुँदा दशैंका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भूभागमा अलपत्र परेकाे व्यवसायीहरूले बताएका छन् ।