अबैध बिक्री बितरण गर्नेलाई १५ हजार जरिवाना
निर्मल बस्नेत
१७ असोज, चौतारा । चौतारा बजारमा बिना बिल र कम तौल भएको सामग्री गाडीबाट बेच्दै हिडेको एक जना जरिवानमा परेका छन् । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघमा स्थानीय व्यवसायीले गुनासो गरेपछि संघको सक्रियतामा उनिहरु कार्बाहीमा परेका हुन् । उनिबाट १५ हजार जरिवाना असुल गरेको छ ।
उनिलाई पटक पटक कानुनी प्रकृया पुरा गरेर मात्र सामान बेचबिखन गर्न आग्रह गर्दा समेत बजार अनुगमन समितिको अबज्ञा समेत गर्दै आएकोले जरिवाना गरिएका जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव उद्योग तथा बाणिज्य कार्यालयका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले बताए । उनि सदाजसो हरेक सिजन सिजनमा गैरकानुनी रुपमा फरक फरक साममनहरु बेचबिखन गर्ने गरेको उद्योग बाणिज्य संघले जनाएको छ ।
उनलाई कारबाही गर्न बजार अनुगमन समितिमा रहेका उद्योग तथा बाणिज्य कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिकाका,उद्योग बाणिज्य संघ, नेपाल उपभोक्ता अधिकार मञ्च, नेपाल प्रहरी र स्थानीय व्यवसायीहरुको सहभागि थिए । उनलाई र उनि जस्तै अरुपनि अबैध रुपमा बिक्री बितरण गर्दै हिडेको पाइएमा तुरुन्त कार्वाही गरिने बजार अनुगमन समितिले जनाएको छ ।
चौतारा बजारमा फुटपाथमा सामान बेच्नेहरुलाई पनि आगामी दिनमा दर्ता गरेर सटर लिएर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको वडाध्यक्ष सिव श्रेष्ठले बताए । उनले बजारमा चाडबाडमा चहलपहल बढेको हुँदा सवारी पार्किङमा एकद्धार मात्र लागु गर्न र फुटपाथमा अवरोध नपुर्याृउन आग्रह गरेका छन् ।