सञ्चारबाट सिन्धुपाल्चोक पूर्णरुपमा विच्छेद, उद्दार र क्षतिको विवरण लिन कठिनायी
दिनेश दुलाल
असोज १२, सिन्धुपालचोक । लगातर आएको अविरल बर्षाको कारण सिन्धुपाल्चोकको जनजीवन अस्व्यस्त मात्रै बनेको छैन सञ्चारबाट समेत पूर्ण रुपमा विच्छेद भएको छ । प्राप्त समाचार अनुसार सिन्धुपाल्चोकभर टेलिफोन मोबाइल लगाएत कुनै पनि सञ्चार सम्पर्क हुन सकेको छैन । अधिकांश टेलिफोन टावर र बिजुलीका पोलहरु पहिरोका कारण क्षेति भएपछि त्याहाँ विद्युत समेत अवरुद्व छ । अविरल बर्षाका कारण चीनसंग जोडिएको तातोपानी नाका त्याहाँको पुल बगाउँदा सम्बन्ध विच्छेद हुन पुगेको छ ।

भोटेकोशी गाउँपालिक वडा नम्बर ३ का वडा अध्यक्ष निमासोना शेर्पाका अनुसार तातोपानी नाका जोडिने लार्चा बेलीब्रिज, लिपिङखोलामा रहेको बेलिब्रिज र सोहीको ग्रामिण भेगमा जाने पक्की पुल बगाएको हो । पुल बगाउँदा तातोपानी र बाह्रबिसे आउन सम्पर्क विच्छेद भएको छ ।
त्यसैगरी अविरल बर्षापछि गएको पहिरोले गएराती लिसंखुपाखरमा दुईजना दम्पतिको ज्यान गएको छ भने भैंसेपारी सिन्धुबीच रिसोर्टमा पहिरोले क्षति पु¥याएको छ । त्यहाँ मानवीय क्षेति के कति भयो भन्ने कुरा अहिले सम्म विवरण आउन सकेको छैन् । उद्दारको लागि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना ठाउँ ठाउँमा बाटो अवरुद्वका कारण पुग्न सकेका छैनन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाए अनुसार अरनिको राजमार्ग पुरै अवरुद्ध भएको छ । बन्देउदेखि नै पहिरो खसकोले सडक बन्द छ । सवारीसाधन सडकमा अलपत्र छोडेर मानिस सुरक्षित ठाउँमा गएका छन । सुनकोसी, भोटेकोसी, ब्रम्हायणी र ईन्द्रावती नदीले खतराको तह पार गरिसकेको छ ।

अधिकांश सडक मार्ग अवरुद्ध भएका छन् । सुनकोशी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्गलगायत अन्य सहायक मार्गहरुमा पहिरोले सडक अवरुद्ध भएका छन् ।
गाउँ पुग्ने सबै सडक पहिरोले बन्द भएका छन् । नदी तटीय क्षेत्रका मानिस घर छोडेर सुरक्षित स्थानतर्फ गएका छन् ।
तातोपानी , बाह्रबिसे, खाडिचौर, मेलम्ची , जलबीरे, तिपेनी र बन्देउ क्षेत्रका स्थानीय त्रसित भएका छन् । मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको प्रहरी स्रोतले जनाएको छ ।

