विश्व मुटु दिवस २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रम

असाेज ११ सिपाघाट । विश्व मुटु दिवस २०८१ को अवसरमा मेलम्चीको सिपाघाटमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएकाे छ ।

हृदयरोग निवारण प्रतिष्ठान सिपाघाट इकाईको आयोजना तथा इन्द्रेश्वर योग साधना केन्द्र सिपाघाटको सह आयोजनामा आज सिपाघाटमा कार्यक्रम सम्पन्न भएको हाे ।

विश्व मुटु दिवस २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिपाघाट इकाईको आयोजना तथा इन्द्रेश्वर योग साधना केन्द्र सिपाघाटको सह आयोजनामा नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिपाघाट का सयोजक रमेश ढकाल को सभापत्तित्त्व मा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि तथा योग गुरु ग्रुबेन तौजले एक घण्टा मुटु रोग बाट बच्ने उपाय सम्बन्धी योग अभ्यास गराए । साथै प्रमुख अतिथि सोम प्रसाद ढकालले मुटु लाई माया गर्दै मुटु रोग निवारणमा सबै सजग भएर लाग्नु पर्ने बताउनु भयो। कार्यक्रममा बोल्दै प्रतिष्ठान अध्यक्ष टीका भक्त भोछिभया र पतन्जली काभ्रे अध्यक्ष प्रकाश कायस्थले मुटु रोगको विषयमा सचेतना मुलक मन्तव्य राखे । सभापती रमेस ढकालले मुटु रोग लाग्न बाट बच्ने १० उपाय बुदागत रुप मा बताउदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने लगाएत उपस्थित सबैमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथी मण्डन देउपुर नगरपालिका वडा न ६ का अध्यक्ष सोम प्रसाद ढकाल , बिशिस्ट अतिथी नेपाल ह्र्दय रोग निवारण प्रतिष्ठान काभ्रे का अध्यक्ष टीका भक्त भोछिभया,वरिष्ठ उपसभापति तथा पतन्जली योग समिती बाग्मती प्रदेशका अध्यक्ष गुरु ग्रुबेन तौजले, उपसभापति सिद्धिबहादुर कर्माचार्य, पतन्जली काभ्रेका अध्यक्ष प्रकाश कायस्थ, हृदयरोग काभ्रे का सचिव हरिशरण श्रेष्ठ, सरिता शाक्य, लक्ष्मी उलक, सुन्दर प्रसाद रन्जितकार, स्थानिय संघ सस्थाका प्रतिनिधि, समाजसेवी, प्रहरी चौकी सिपाघाटका प्रतिनिधि, इन्द्रेश्वर योग साधना केन्द्र का योग साधक साधिका, नेपाल हृदय रोग निवारण प्रतिस्ठान सिपाघाट का सदस्य लगाएत को उपस्थिति रहेको थियो ।