भाेटेकाेशी नदिमा खसेकाे बाेलेराे भेटियाे, मान्छे भेटिएन
भदाै २८ बाह्रबिसे । भाेटेकाेशी नदिमा खसेकाे बाेलेराे भेटिएपनि त्याहाँ सवार मान्छे भने अझै सम्म भेट्न सकिएकाे छैन ।
काेदारीबाट बाह्रबिसे तर्फ अाउँदै गरेकाे बा २० च २१८५ नम्बरकाे बेलेराे बाह्रबिसे नगरपालिका-६ बाेडरल्याण्ड ढुङ्गा खानी स्थित भाेटेकाेशी नदिमा बलेराे खस्दा बलेराेमा सबार यात्रुहरू कति थिए भन्ने कुरा अहिले सम्म खुल्न नसकेकाे ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक निमेष पाण्डेले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका स्थानीयले प्रहरीलाई बलेराे खसेकाे जानकारी आज विहान ११ बजे मात्र जानकारी गराएका थिए । त्यस लगत्तै स्थानीय, प्रहरी, शसस्त्र प्रहरी बल, सेना लगाएकाे उद्दार टाेली घटना स्थल पुगेकाे थियाे । स्थानी मध्यभाेटेकाेशी जलविद्युत अायाेजनाकाे सहयाेगमा क्रेनकाे सहयाेगमा बलेराे उतारिए पनि सवार कसैलाई भेटिएन ।
इलाका प्रहरी कार्यालयका अनुसार स्थानियले पैदल यात्राको क्रममा बोलेरो गाडी भोटेकोशी नदीमा देखेका हुन् ।
बोलेरो गाडी कहिले र कुन समयमा खस्यो र कति सवार थिए भन्ने यकिन भइनसकेको प्रहरी निरक्षक पाण्डेले बताए । बेलुका अबेर सम्म खनेजअनुसन्धान गरेपनि अध्याराेकाे कारण राेकिएकाे थियाे । शनिबार सबेरै उद्दार कार्य जारी राख्ने प्रहरीले जनाएकाे छ ।