परोकार समाजद्वारा एम्बलेन्स किन्न सप्ताह, पहिलो दिनमै दुईलाख बढी संकलन

दिनेश दुलाल
भदौ २५, भक्तपूर । सूर्यविनायक नगरपालिका–८ मा रहेको सिपाडोल क्षेत्र परोपकार समाजले आजबाट श्रीमद भागवत महापुराण (सप्ताह) को शुभराम्भ गरको छ । सामाजिक र मानवीय कार्यमा समर्पित परोपकार समाजद्वारा सिपाडोलको खापीथलीमा आयोजित महापुराण मंगलबारबाट शुरु गरेर भाद्र ३१ गते सम्म रहने आयोजकले जनाएको छ ।

पण्डित उज्जवल सिग्देल र केशव पराजुलीको मुखारबिन्दबाट बाचन गरिने महापुराणको समुदघाटन बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले गरेका थिए । महापुराण कार्यक्रमका प्रमुख अतिथि रहेका स्वास्थ्यमन्त्री थापाले सिपाडोल क्षेत्र पराकार समाज भक्तपूर जिल्लाकै नमुना संस्था रहेको भन्दै सप्ताह कार्यक्रमबाट एम्बुलेन्स किन्ने कुरा निकै सहनीय रहेको उल्लेख गरे । समाजले गरेको हरेक कार्यक्रमहरुमा आफू संधै सरिक भएर सहयोग गरेको भन्दै समाजले किन्ने एम्बुलेन्स खरिदमा आफ्नो व्यक्तिगत तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैंया दिने घोषणा गरे ।

संस्थाका संरक्षक समेत रहिसकेका मन्त्री थापाले समाजलाई आवश्यक पर्ने अन्य सहयोगलाई समेत प्रदेश सरकार तथा आफ्नो व्यक्तिगतबाट निरन्तरता दिने उदघोष गरे । सोही अवसरमा मन्त्री थापाले आदर्शचोक देखी सिपाडोल परोपरकार हुँदै केदारनाथको शिर डोलेश्वर पुग्ने १२ मिटर चौढाईको पक्की कालोपत्रे सडकको लागि केन्द्र सरकारबाट ८ करोड भन्दा बढी बजेट यस आर्थिक वर्षमा काम गर्नेगरी परेको भन्दै आगमी दिनमा डोलेश्वर पुग्न तिर्थालुहरुलाई सहज हुने उल्लेख गरे । आफू बागमति प्रदेशको स्वास्थ्यमन्त्री भएसंगै स्वास्थ्य क्षेत्रमा भक्तपुर अस्पताल तथा नगर अस्पतालको लागि विशेष प्राथमिकता दिएर योजना ल्याईएको उनले ठोकुवा गरे । उदघाटन कामर्यक्रममा महापुराण सप्ताह कार्यक्रमलाई विभिन्न व्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबीच सप्ताह शुरु भएको पहिलो दिनमै विभिन्न व्यक्तिहरुबाट दुईलाख भन्दा माथि चन्दा संकलन भएको आयोजकले जनाएको छ ।
परोपकार समाजलाई एम्बुलेन्स किन्ने योजना अनुरुप महापुराण (सप्ताह) कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष हेम सापकोटाले बताए । कोरोना माहामारीको कारण रोकिएको चाबर्ष अघिको सप्ताह लगाएर एम्बुलेन्स किन्ने धोको यसपटक पुरा भएको सापकोटाको कथन छ ।
औपचारिक उदघाटन कार्यक्रम हुनु अघि २ सय भन्दा बढी महिला सहभागी बाजागाजा सहितको कलश यात्रा संस्थाको भवन परिसरबाट आदर्श बसस्टप हुँदै सिपाडोललाई एक फन्को मारेर कार्यक्रम स्थल आईपुगेको थियो । कार्यक्रमको पहिलो दिन वरपरका सयौं स्थानीय सहभागी थिए ।