पूर्वाधार विकास समितिद्वारा अरनिको राजमार्ग अनुगमन गर्ने
२३ भदौ, काठमाडौ । संघीय संसद प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिले आज अरनिको राजमार्गका विविन्न सडक खण्डको अनुगमन गर्ने भएकाे छ ।
समितिले काभ्रेको धुलिखेल दोलालघाट खण्डको खावा, सिन्धुपाल्चोकको दोलालघाट तातोपानी खण्डको कोठे, खाडिचौर, जुरे, खागदल, डाकलाङ, १० किलो क्षेत्रहरूको अनुगमन गर्ने पूर्वाधार विकास समितिले जनाएकाे छ । समितका अनुसार संसदीय समिती सो क्षेत्र हुँदै लिपिङसम्म पुग्ने कार्यक्रम रहेको छ ।
स्मरण रहाेस धुलिखेल देखि खावा सम्मकाे सडक नाजुक अवस्थामा रहेकाे भन्दै विभिन्न सराेकारवालाहरूले सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
पटक पटक निमार्ण कम्पनीलाई सडक छिटाे सम्पन्न गर्न र यातायात सहज रूपमा सुचारू गर्न तागेता गरेपनि निमार्ण व्यवसायीकाे लापरबाहीका कारण धुलिखेल देखि खावा सम्मकाे सडक झन बिग्रेपछि पूर्वाधार विकास समितिले अनुगमन गर्न लागेकाे हाे ।