निर्माणको कामले तिव्रता पाउँदै भोटेकोशी–१ जलविद्युत आयोजना

दिनेश दुलाल
भदौ १२, हिन्दी । ईलेक्ट्रोपावर कम्पनीद्घारा निर्माणधिन भोटेकोशी जलविद्युत–१ आयोजनाको निर्माणको कामले तिब्रता पाएको छ ।
एकबर्ष अघि आयोजनाकाम थालिएको ४० मेगावटको जलविद्युत आयोजनाको सम्पूर्ण काममा २५ प्रतिशत काम सम्पन्न भएको आयोजनाको जनसम्पर्क अधिकृत निर्मल राउतले सिन्धुज्वालालाई बताए ।

आयोजनाले निर्माण गर्दै गरेको पावरहाउस

आयोजनाको हेडवक्र्सतर्फको संरचना अन्र्तगत डिसेन्डर वेसिनको कार्य ८० प्रतिशत, सेन्डफल्सिङ ९५ प्रतिशत, हेडपोण्ड÷स्पिलवे तर्फको १० प्रतिशत, ईन्टेक र ईनलेट ट्रान्जेसन एक्साभेसनको काम ८५ प्रतिशत सम्पन्न भएको आयोजनाका साईड ईन्चार्ज दिनेश ओलीले जानकारी दिए ।
त्यसैगरी अडिट टनेल ३५५ मिटर सम्पन्न भई हेडरेस टनेल अडिटबाट दायाँ बाँया खन्ने काम भएको उनले बताए । पावर हाउसमा मूख्य प्रवेश सुरुङ १९२ मिटर सम्पन्न भएको भूमिगत कामका व्यवस्थापक सागर ताम्राकारले जानकारी दिए । उनका अनुसार पावर हाउसमा जाने भेन्टिलेसन टनेल २४९.४ मिटर खनेर पूर्णता भएको छ । त्यस्तै पावरहाउसको माथिल्लो तहको खन्ने काम समेत सुरु भईसकेको छ । हेडरेस टनेलको ईनलेट तर्फबाट ३४३ मिटर खनिएको र उक्त टनेल १८० मिटर खनिसकिएको छ । त्यस्तै भट्रिकल साफ्टको चेम्बर समेत सम्मन्न भएको उनले जानकारी दिए ।

आयोजनाले निर्माण गर्दै गरेको अडिट टनेल

त्यस्तै मुख्य प्रवेश सुरुङ र भेन्टिलेसन सुरुङबाट ट्रान्सर्फमर क्याभर्न तर्फ जाने सुरुङ खन्ने काम समेत सम्पन्न भएको छ । मुख्य प्रवेश सुरुङ र लोप्रेसर टनेल जोड्ने कनेक्टिङ टनेल सकिएको छ । यस आयोजनाको सुरुङ खन्ने कार्य २०८० फागुन १५ बाट सुरु गरी भदौ ११ गते सम्म जम्मा १५४० मिटर सुरुङ खनिसकिएको आयोजनाले जनाएको छ ।

स्मरण रहोस आयोजनाले बर्षामा हुने मानवीय जोखिमलाई कम गर्न १५ दिन काम बन्द गरेपनि श्रावण अन्तिमबाट पुन ः कामलाई निरन्तरता दिएको हो । आयोजनाले यसअघि सो क्षेत्रका प्रभावित जनतालाई त्रिपाल लगाएत विपतजन्य बन्दोबस्तीका सामाग्री समेत वितरण गरेको थियो । त्यस्तै सामाजिक उत्तरदायित्व अन्र्तगतका जनताका आधारभूत कामहरु समेतलाई निरन्तरता दिएको छ ।