चौतारामा धुमधमाका साथ गाईजात्रा पर्व मनाए
निर्मल बस्नेत
४ भाद्र, चौतामा । सिन्धुपाल्चोकको चौतारामा धुमधामका साथ नेवारी समुदायले गाईजात्रा पर्व मनाएका छन् ।

चौताराका नेवार समुदायले हरेक बर्ष यो पर्वलाई बिशेष रुपमा मनाउदै आएका छन् । यस बर्ष पनि कुसुले बाजाका साथ लाखेनाँच, धिमेबाजा, र आकर्षक मौलिक गीत ननृत्यहरु प्रस्तुत गरि हर्सउल्लासका साथ गाईजात्रा पर्व मनाएका हुन् ।

बिभिन्न बिकृति र बिसंगतीका बिरुद्ध व्यङ्गय गरिएको भित्तेपत्रिका पनि प्रकासन गरिएको थियो । उक्त भित्तेपत्रिकामा राजनीतिक दल , नेता, मन्त्री र सांसदहरु, सरकारी तथा गैरसरकारी कर्मचारीरुका बारेमा चोटिलो प्रहार गरिएको छ ।

चौतारामा २०३६ सालदेखी युवाहरुले भित्तेपत्रिका प्रकासन सूरु गरेको नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले बताए । उनले बताएअनुसार भित्तेपत्रिका कृष्णमन्दिरको टाँस्ने गरेको थियो र तत्कालिन सरकारले प्रहरी परिचालन गरेर च्यातिदिने गरेका थिए । जति च्यात्छन् त्यति झनै कडा कडा व्यङ्गयहरु स्थानीय युवाहरुले गर्ने गरेका थिए ।
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्ठमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने प्रचलन रहेको पाइन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने प्रचलन रहदै आएको छ ।

यसरी कृष्ण, गणेश र भिमसेन नन्दिर परिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरर्नी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ । गाइजात्रा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरू भएको ऐतिहासिक कथन रहेको छ ।
मंगलबारकै दिन गाईजात्रा पर्व नेवार समुदायकाको विशेष उपस्थिति रहेका शहरमा धुमधामका साथ मनाउने गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा, मेलम्ची र बाह्रविसे, तौथली, जलबिरे र तिपेनी बजार लगाउतका स्थानहरुमा यो पर्व मनाएका छन् । नेवार समुदाय संस्कृतिको को सम्मानको लागि बाग्मती प्रदेशमा सार्वजनिक विदा दिइएको थियो ।

