निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजना एकमहिनाको लागि बन्द
साउन १ (२०८१), हिन्दी । सिन्धुपाल्चोको भोटेकोशीमा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजना निर्माणको काम एकमहिनाको लागि बन्द हुने भएको छ ।
इलेक्ट्रोपावर कम्पनीद्वारा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुको ज्यानधनको सुरक्षामा चुरिनौति थपिएको भन्दै एकमहिनाको लागि निर्माणको कार्य बन्द गरिएको आयोजना प्रमुख उमेश पराजुलीले जानकारी दिए । उनका अनुसार बर्षा लागे संगै भोटोकोशीमा बाढीपहिरोको जोखिम ज्यादै भएपछि कामदारको सुरक्षाको लागि उनीहरुलाई पहिलोपटक १५ दिन र अवस्था हेरेर थप १५ दिन गरी एकमहिनाको लागि छुट्टी दिन लागिएको हो । ‘सबै कामदारलाई एकमहिनाको लागि छुट्टी दिन लागेका हौं’, पराजुलीले भने । उनका अनुसार भोटेकोशीमा असार ३० गते राती परेको अविरल वर्षाका कारण सडकनै अवरुद्व बन्न पुगेको थियो ।
अवरुद्व भएको सो क्षेत्रको लिपिङ, सिरिचौर, झिर्पु, डाक्लाङ लगाएतको निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजनाले अवरोध खुलाई अरनिको राजमार्ग पुनः संचालनमा ल्याईएको आयोजना प्रमुख उमेश पराजुलीको भनाई छ । उनका अनुसार इलेक्ट्रो पावर कम्पनी प्रवर्धित भोटेकोशी–१ जलविद्युत आयेजनाबाट २ वटा इस्काभेटर, ६ वटा ट्रिपर, १ वटा लोडर र १ वटा जेसिभि दिन भर प्रयोग गरि अरनिको राजमार्ग खुलाएर सवारी साधन संचालनमा ल्याएको हो ।
आयोजनाको डिसेन्डर बेसिनको कभर स्ल्याबको ढलान भत्किदा गत शुक्रबार त्याहाँ कार्यरत दुई कामदारको मृत्यु भएको थियो भने दुर्घटनामा १० घाईते भएका थिए । भविश्वमा यस्ता दुर्घटना नहोस् भनेर कम्पनीले शर्तकता अपनाईएको आयोजना प्रमुख पराजुलीको भनाई छ ।
स्मरण रहोस इलेक्ट्रो पावरले एक वर्षअघि (२०८० साउनबाट) आयोजना निर्माण सुरु गरेकोमा आयोजनाको निर्माण हालसम्म ३० प्रतिशत पूरा भएको र आगामी २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

