सिन्धुपाल्चोक जिल्ला अदालतको लक्ष्य भन्दा बढी मुद्दा फर्छयाैट

निर्मल बस्नेत
२७ असार, चौतारा । सिन्धुपाल्चोक जिल्ला अदालतले लक्ष्य भन्दा बढी मुद्धा फर्छयाैट गरेको छ । अदालतले ६ सय ८३ वटा लक्ष्य लिएपनि ६ सय ८८ थान मुद्धा फर्छयाैट गरिएको जिल्ला अदालत सिन्धुपाल्चोकले जनाएको छ ।

अदालतको नियमिति कार्यक्रम अनुसार बिहिबार जिल्लामा रहेका संचरकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायधिस भवगती शर्मा ढुंगानाले उक्त तथ्य सार्वजनिक गरेकी हुन् ।

पुरानो जिम्मेवारी सरी आएको २ सय ६१ र नयाँ दर्ता भएका ६ सय ९९ थान गरि ९ सय ६० जम्मा लागतमा लक्ष्य भन्दा ५ थान बढी मुद्धा फर्छ्याैट भएको तत्थ्याङ्क प्रस्तुत गरेकी थिईन् ।

उनले प्रस्तुत गरेको विवरणमा १ बर्षभित्रको २ सय ५९, एक बर्षदेखी १८ महिना भित्रको १३ वटा, १८ महिना नाघेको १ थान गरि २ सय ७३ थान मुद्धा फर्छ्याैट हुन बाँकी रहेको छ । अदालतमा बिगतका बर्षहरुमा २ बर्ष नाघेका मुद्धाहरु रहने गरेको थियो भने यस बर्ष भने १ थान पनि बाकी रहेको छैन ।
त्यस्तै सम्वन्ध बिच्छेदका ४ सय ६१ थानमा ३ सय ९९ फर्च्र्यौट भएका छन् भने ७२ थान बाँकी रहेका छन् । वालवालिका सम्वन्धि ६ थान रहेकोमा ३ थान फर्च्र्यौट भएका छन् भने ३ थान बाँकी रहेका छन् । थुनुवा सम्वन्धि ४२ थानमा २४ थान फर्छ्याैट भएका छन् भने १८ थान बाँकी रहेका छन ।

फैसला कार्यन्वयन सम्वन्धि २ सय ७ थान निवेदन परेकोमा १ सय ५५ फर्छ्याैट भएका छन् भने ५२ थान बाँकी रहेका छन् । फैसला कार्यन्वयनको कैद १ हजार ८ सय १८ बर्ष ५ महिना २३ दिनमा ४ यस ४१ बर्ष ९ महिहना १ दिन फर्छ्याैट भएका छन् भने १ हजार ३ सय ७६ बर्ष ८ महिना २२ दिन बाँकी रहेका छन् । जरीवानामा ७४ करोड १२ लाख २३ हजार ३ सय ९ तोकीएकोमा ४ करोड ५८ लाख २९ हजार २ सय ९ असुल गरि फर्छ्याैट भए भने ६९ करोड ५३ लाख ९४ हजार १ यस असुल गर्न बाँकी रहेको छ ।

म्याद तामेलीको २ हजार ८ सय ९७ रहकोमा २ हजार ६ सय ८० फर्च्र्यौट भएका छन् भने २ सय १७ थान म्याद तामेल गर्न बाँकी रहेका छन् ।

कुनै समय सिन्धुपाल्चोक जिल्ला चेलीबेटी बेचबिखनको हपको रुपमा चिनिदै आएको थियो । पछिल्लो केहि बर्षयता मानव बेचबिखनको घट्ना सुन्य नै भएको छ । जिल्ला अदालतको रेकर्डमा यस बर्ष २ थान मुद्दा दर्ता भई कार्यन्वयनमा गएपनि यो मुद्दा भने २०५४ साल र ५८ सालको पुरानो घट्ना भएको अदालतले जनाएको छ ।

एक मुद्दाका वादीको मृत्युपछि प्रतिबादीहरु लुकीछिपी नै बसीरहेका थिए प्रहरीको रेकर्डमा खोजतलास हुँदै जाँदा पक्राउ परि फैसला कार्यन्वयनको सिलसिलामा थुनका कैद भुक्तान गरिरहेको जिल्ला न्यायधिस भवगती शर्मा ढुंगानाले बताइन् । उनका अनुसार एक जना अझै फरार रहेका छन् ।

जिल्ला न्यायधिसले सबैंधानिका र कानुनी व्यवस्या अनुसार न्यायसम्पादन गर्ने गरेको बताईन् । उलने आर्थिक र अन्य रुपले कमजोर अवस्थामा रहेका पीडीतहरुलाई देवानी प्रकृतिका मुद्दामा अदालतले निःशुल्क सेवा प्रदान गर्दै आईरहेको जानकारी दिईन् । जसको लागि बैननिक वकीलको व्यवस्था गरिएको छ, न्यायमा पहुँचका लागि आम सर्वसाधरण समक्ष सुचना प्रवाह गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरिन् ।

र कानुनी आधारमा न्याय लिन आएकाहरुलाई प्रशासनीक कागजी प्रकृयामा सहज बनाउन एक घन्टे मुस्कानसहितको सेवा प्रवाहमा जोड लिईएको अदालतकी श्रेष्ठदार शारदादेबी पौडेलले बताईन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले कानुनी साक्षरता र नागरिक सचेतनाका कार्यक्रम आयोजना गर्न सुझाएका थिए ।

स्मरण रहोस् सिन्धुपाल्चोक जिल्ला अदालतमा न्यायधिस, श्रेष्ठदार र तहसीलदार तीनै जना महिला प्रमुख रहेर उदाहरणीय सेवा प्रवाह गरिरहेको तत्थ्याङ्क र अवस्थाले प्रष्ट पारेको छ ।