१६ जना युवाहरुलाई १ महिने नेवारी धिमेबाजा तालिम प्रदान
निर्मल बस्नेत ।
२० असार, सिन्धुपाल्चोक । चौताराका १६ जना नेवारी युवायुवतीहरुलाई बिशिष्ट स्तरको १ महिने नेवारी धिमेवाजा तालिम प्रदान गरिएको छ । उद्योग तथा बाणिज्य कार्यालय , चौतारा सिन्धुपाल्चोकको सहयोगमा सिन्धु नेवा खल चौताराले आयोजना गरि उक्त तालिम प्रदान गरिएको हो ।
जेठ १ गतेबाट ३० गतेसम्म सञ्चालित तालिममा चौतारा बजारका १६ जना नेवारी समुदायका युवायुवतीहरुको सहभागिता रहेको थियो ।
शुक्रबार एक कार्यक्रमका बिच चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतित्थ्यतामा सम्मन्न भएको थियो । कार्यक्रममा बोल्दै उनले चौताराको धिमेबाजाले मौलिक संस्कृतिको झल्को दिएको दिएक बताए । अध्यक्ष श्रेष्ठले चौतारा आसपासका नेवारी समुदायबाट पनि चौतर्फी धिमेको माग भएकोले सिकेको सीपलाई व्यवहारमा उतारेर संस्कृतिको जगेर्ना संगै सिपको माध्यमबाट आत्मनिर्भर हुनसमेत आग्रह गरे ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथी पूर्व सांसद् कृष्णराज श्रेष्ठले धिमेबाजाले चौताराको छुट्टै पहिचान कायम गरेको बताए । श्रष्ठले भने “हामीहरुले यसको सुरुवाती चरणमा पहल एवं प्रयत्न गर्यौ अवको सम्वर्धन र प्रवर्धनको दायित्व भनेको नयाँ पुस्ताहरुको नै हो” ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्ष नरमान श्रेष्ठले आफ्नो कार्यकालका भक्तपुरदेखी प्रशिक्षक ल्याएर चौतारामा धिमेबाजा भित्र्याएको बताए । जतिबेला हरीगोपाल श्रेष्ठ, अमृत श्रेष्ठ, बिरेन्द्ररत्न शाक्य र संसार श्रेष्ठ लगायतले खेलेको भूमिकाको चर्चा गरे । आफुले भिमसेन जात्राको क्रममा आदित्य श्रेष्ठको बाध्यवादनमा देखिएको लगाप र प्रस्तुतीले गर्दा आफू प्रभावित भएको बताए । श्रेष्ठले आगामी दिनमा धिमेको प्रवाहलाई गती दिन सवैको भूमिका रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहयोग गर्ने निकाय उद्योग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोकका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले सीप र कला भएको मानिष भोकै नमर्ने भएकोले सीप र कलाको प्रयोगले आत्मनिर्भर हुँदै अरु नयाँ पुस्तालाई समेत संस्कृतिको जगेर्ना गरौ गरौँ लाग्ने अवस्था सिर्जना गर्न तालिममा सहभागि सवैलाई आग्रह गरे । उनले भने “ म यो ठाउँमा रहुँला या नरहँुला तर तपाईहरुको सीप यो ठाँउ र देशको लागि हुनुपर्दछ ” । मैले सुन्न पाउँ यी नामहरु जहाँ चौतारा जोडिएको होस् र त्यसले केहि ऐतिहाँसिक छाप छोडिएको होस् ।
सहभागि प्रशिक्षार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष शिव श्रेष्ठले प्रमाणपत्र बितरण गरेका हुन् । कार्यक्रममा सिन्धु नेवा खलको पदाधिकारी, सल्लाहकार, सदस्यहरु र स्थानीय संस्कतिप्रेमीहरुको सहभागिता रहेको थियो ।
सिन्धु नेवाखलका उपाध्यक्ष कमलचरण कक्षपतिले चौतारा र आसपासका नेवारी समुदाय सवैलाई समेट्ने खालको फोरम स्थापना गरि धिमेसंगै अन्य नेवारी परम्परागत संस्कृतिहरुको समेत खोजतलास गरि प्रवर्धनमा लागि पर्ने बताए ।
नेवा खलको अध्यक्ष माधवलाल कर्मचार्यको अध्यक्षतामा भएको कार्यक्रम संस्थाको सचिव हरीगोपाल श्रेष्ठले सञ्चालन गरेका थिए ।