
सिन्धुपाल्चोकका ११ विद्यालयका १८ विद्यार्थीले ल्याए उत्कृष्ट अंक

असार २१, चौतारा । यस बर्षको एसईई परिक्षामा सिन्धुपाल्चोकका ११ विद्यालयका १८ विद्यार्थीले उत्कृष्ट अंक ल्याउन सफल भएका छन् ।
३.८ देखि ३.९६ जिपिएमा उत्कृष्ट अंक ल्याउनेमा सामुदायिक विद्यालयका ९ र नीजि विद्यालय २ रहेका छन् । सामुदायिक विद्यालयमा सबैभन्दा बढी अंक ल्याउने हेलम्बु गाउँपालिकाको भुमेश्वरी मावि किउल रहेको छ । त्यस विद्यालयका छात्रा नविना भण्डारीले ३.९६ जिपिए ल्याउन सफल भएकी छिन् ।
त्यस्तै २ निजी विद्यालय मध्य ईष्टपोईन्ट एकेडेमी हेलम्बुबाट ५ विद्यार्थीले उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । जसअनुसार सो विद्यालयका गणेश ज्वोति, विवेक लामिछाने, अनिश थापा, सोनाम तामाङ र सुदिन खड्काले क्रमश ः ३.९५, ३.९१, ३.८३, ३.८२ र ३.८२ जिपिए ल्याउन सफल भएका हुन् ।
यसैगरी मेलम्ची घ्याङ माविकी छात्रा विदुशा नेपालले ३.९१, मांकाल मावि किउलका छात्र मनोज तिवारीले ३.९१, बालशिक्षा मावि खाडीचौरका छात्र विवेक तामाङले ३.८९ र तेर्से माविका छात्र साजन ज्वोति र सोनी तामाङले ३.८६ जिपिए ल्याउन सफल भएका छन् ।
यस्तै प्राईभेट प्याराडाईज मावि बाह्रबिसेका रितिज श्रेष्ठले ३.८५, थाङपाल भ्याली मावि पाँचपोखरीकी एलिना तामाङले ३.८५, थाङपालधाप मावि धापकी पवित्रा तामाङले ३.८४, मेलम्ची ध्याङ माविका अटोजन लिम्बु ३.८३ र सोहीका प्रतिमा पण्डितले ३.८२ ल्याएकी छिन ।
यसैगरी कृष्ण रत्नगंगा मावि चौताराकी जोशिला कार्कीले ३.८२ र कृष्ण मावि थकनीका कृष्ण कुमार राउतले ३.८ जिपिए ल्याउन सफल भएका छन् ।
यसपटक १२ स्थानीय तहमध्ये हेलम्बु गाउँपालिका एसईई नतिजामा उत्कृष्ट नम्बर ल्याउने पहिलो भएको छ ।