भोटेकोशी हाइड्रोपावरको ढलान भत्किँदा दुई बेपत्ता, नौ जनाको उद्धार
असार २१, चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा दुईजना बेपत्ता भएका छन् । ढलान भत्किएर फसेका नौ जनाको भने उद्धार भएको प्रहरीले जनाएको छ ।
निमर्णाधिण भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ ढलान गर्ने क्रममा ढलान नै खस्दा ठाकुरबाबा नगरपालिका वडा न ३ का ३० वर्षीय रामदिन थारु र सोही नगरपालिका वडा न ५ का ३० वर्षिय सुमन थारु किचिएका छन् ।
उद्धार गरिएकाहरु पनि घाइते भएका छन् । उनीहरुको बाह्रविसे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बेपत्ताहरुको खोजी रहेको प्रहरीले जनाएको छ । ४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना निर्माणाधीन रहेको छ । ९ जनालाई तत्काल उद्धार गरि उपचारका अस्पताल लगिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
।
प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराइका अनुसार घाइते हुनेमा बर्दिया जिल्ला बाराबर्दिया नगरपालिकाका ४० वर्षिय लहानु थारु, ४५ वर्षिय दुर्गा चौधारी, दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा न ९ का ४१ वर्षिय आइत थामी, ३१ वर्षिय विजय थामी,५६ वर्षिय गोपाल थामी, ३० वर्षिय दीपक थामी, ४० वर्षिय आइतमान थामी, ४५ वर्षिय पदमबहादुर थामी, रोल्पा जिल्ला लिवाङका २३ वर्षिय साशन रोक्का, दोलखा बैतेश्वर गाउँपालिकाका ५८ वर्षिय रामचन्द्र धिमाल घाइते भएका छन् ।
इलेक्ट्रो हाइड्रो पावर कम्पनी लिमिटेडद्वारा गत सावनबाट भोटेकोसी गाउँपालिका वडा न ४ मा भोटेकोसी १ जलविद्युत आयोजना सुरु गरेको हो । ४० मेगावाट क्षमताको यो विद्युत आयोजनाको काम ३० प्रतिशत सम्पन्न भइसकोको जनाएको छ ।