एसईईमा २ लाख २२ हजार ४७१ विद्यार्थी उत्र्तिण

यस्तो छ प्रदेश स्तरीय नतिजा
असार १३, काठमाण्डौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)मा यस बर्ष देशभरबाट २ लाख २२ हजार ४७१ अर्थात ४७.८६ विद्यार्थी उत्र्तिण भएका छन् ।
परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका मध्ये २ लाख २२ हजार ४७१ विद्यार्थी पास भएका हुन् । त्यसैगरी २ लाख ४२ हजार ३१४ जना फेल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर सो संख्याका विद्यार्थी नन ग्रेडेड अर्थात फेल भएको जानकारी दिएको हो ।
बोर्डका अनुसार उत्तीर्ण हुने विद्याथीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् ।
यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपी २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २०.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।

सबैभन्दा बढी बागमति प्रदेशबाट उत्तिर्ण

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार बागमती प्रदेशबाट ९९ हजार ८७२ जना परीक्षार्थीमध्ये ६६ हजार ३० जना विद्यार्थी उत्तिर्ण भएका छन् । ३३ हजार ८४२ जना भने अनुत्तीर्ण भएका छन् । यो ७ प्रदेश मध्यकै सबैभन्दा बढी उत्तिर्ण संख्या हो ।
त्यस्तै कोशी प्रदेशबाट सहभागी कुल ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३६ हजार ९३ जना पास भएका छन भने ३९ हजार ८९५ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

यसैगरी मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक्षार्थीमध्ये ३७ हजार ३०६ विद्यार्थी उत्तिर्ण भएका छन भने ४२ हजार २८६ जना अनुत्र्तिण भएका छन् ।

यसैगरी गण्डकी प्रदेशबाट कुल ४० हजार ५२६ जना परीक्षार्थीमध्ये २० हजार २५१ पास हुँदा २० हजार २७५ जना फेल भएका छन् । लुम्बिनीबाट ८० हजार ३२७ जना परीक्षार्थी सहभागी भएकामा ३१ हजार १०३ पास हुँदा ४९ हजार २२४ जना फेल भएका छन् ।

यसैगरी कर्णालीबाट ३५ हजार ३४ जना परीक्षार्थीमध्ये १४ हजार ६५४ विद्यार्थी उत्तिर्ण हुँदा २० हजार ३८० जना अनुत्तिर्ण भएका छन् । यस्तै सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा सबैभन्दा कम १७ हजार ३६ विद्यार्थी पास हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।