बुढाथोकीलाई अर्को झट्का !
असार १२, चौतारा । स्थानीयहरुलाई उचालेर आयोजना बन्द गराउने मनसायले दर्ता गरेको मुद्दा अदालतले खारेज गरिदिएपछि भोटेकोशी गाउँपालिकाका काँग्रेस पालिका सभापति देवी बहादुर बुढाथोकीलाई अर्को झट्का लागेको छ ।
बुधबार सिन्धुपाल्चोक जिल्ला अदालतले सुनुवाई गर्दै भोटेकोशी–१ जलविद्युत आयोजना विरुद्द देवी बहादुर बुढाथोकीद्वारा परिचालित चेङा शेर्पा, डण्डुप तामाङ लगायतले हालेको मुद्दा खारेज भएको हो । आयोजना निर्माण हुन नहुने र निर्माण हुनेनै हो भने आफूहरुले मागेजति क्षतिपूर्ति दिनुपर्ने माग राखि जिल्ला अदालतमा मुद्दा दायर गर्दा उच्च अदालत पाटनले फैसला गरी टुङ्ग्याईसकेको विषयलाई पुनः जिल्ला अदालतमा ल्याएको हुँदा सो विषयमा जिल्ला अदालतबाट कुनै फैसला दिनु नपर्ने अदालतको आदेशमा उल्लेख छ ।
बुढाथोकी र उनीद्वारा परिचालित व्यक्तिहरुले आयोजनाको सुरुवात देखिनै आयोजना बन्न नदिने भनि पटक पटक एउटै विषय विभिन्न तहका अदालतमा मुद्दा दायर गर्ने गरेको आयोजनाले बताएको छ । ‘झुठको खेती धेरै दिन टिक्दैन’ भन्ने सदाबहार भनाई जस्तै बुढाथोकीले आयोजना विरुद्द हालेका मुद्दाहरु क्रमश ः शिथिल बन्दै गईरहेको एक स्थानीयले सिन्धुज्वालालाई प्रतिक्रिया दिए ।
‘व्यक्तिगत स्वार्थको लागि विकास विरोधी कार्य गर्दा कतिवटा झट्का खानुपर्छ, बुढाथोकीलाई अहिले महसुस भईरहेको हुनपर्छ’, ति स्थानीयले नाम नछाप्ने शर्तमा सिन्धुज्वालासंग भने ।
स्मरण रहोस निर्माणधिन ईलोक्ट्रोपावर कम्पनीले मंगलबार मात्रै आयोजनालाई क्षति पु¥याएको भन्दै बुढाथोकी विरुद्द जिल्ला अदालत काठमाडौँमा २ करोड बराबरको क्षति दाबी सहित मुद्दा दर्ता गराएको हो ।
लोभले लाभ लाभले विलाप भनेझै आयोजनाबाट करोडौँ असुल्ने दिवा सपना देख्ने बुढाथोकीलाई आयोजनाले चिसो थाङ्नामा सुताईदिएको बुढाथोकीलाई नजिकबाट नियालिरहेका ती स्थानीयले बताए । बुढाथोकी अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको हिरासतमा अनुसन्धानको क्रममा छन् ।