नेपाली कांग्रेसका गाउँसभापति बुढाथोकी पक्राउ

असार ६, चौतारा । पक्राउ पुर्जी जारी भएर एक महिनासम्म फरार भएका भनिएका नेपाली कांग्रेस भोटेकोशी गाउँसभापति देवी बहादुर बुढाथोकी पक्राउ परेका छन् । आफू विरुद्दको किर्ते जालसाजी मुद्दा फिर्ता लिन ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पक्राउ पुर्जी जारी भएपश्चात फरार भएका सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका काँग्रेस पालिका सभापति बुढाथोकी बिहिबार दिउसो पक्राउ परेका छन् ।

भोटेकोशीमा निर्माणधिन ईलेक्ट्रोपावर कम्पनी विरुद्व स्थानीयलाई स्थानीयलाई उचालेको उनी माथि आरोप छ । हाईड्रो समेत बुढाथोकीप्रति रुष्ट रहेको थियो । तर उनलाई हाईड्रोले नभई स्थानीय उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट भागेर चौतारा पुगेको अवस्थामा प्रहरीले बुढाथोकीको फोन ट्रयाक गर्री आज दिउसो चौतारबाट पक्राउ गरेको हो । उनलाई म्याद थप गरी थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

स्थानीयका अनुसार बुढाथोकीले स्थानीयहरुको किर्ते सहिछाप गरेर प्रधानमन्त्री कार्यालय देखि भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिलाई समेत सर्वोच्च अदालतमा मुद्दा हालेको र सो मुद्दा हाल्दा आफ्नो हस्ताक्षर किर्ते गरेको पाएपछि स्थानीय राजेन्द्र थामीले बुढाथोकी विरुद्द सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । त्यही मुद्दा फिर्ता लिन बुढाथोकीले थामीको बाबु कृष्ण बहादुर थामीलाई दुर्व्यवहार गरी ज्यान मार्ने धम्की समेत दिएको आरोप छ ।

फरारको सूचीमा रहेको बेला समेत बुढाथोकीले आफ्नो रिसिबी साध्न भोटेकोशी गाउँपालिकामा निर्माण भइरहेको भोटेकोशी–१ जलविद्युत आयोजनामा केही व्यक्तिहरु परिचालन गरेर आयोजनाको साइट कार्यालय तोडफोड गर्ने देखि लिएर कर्मचारीहरुलाई हातपात तथा दुर्व्यवहार गर्ने सम्मको कार्य गरेको आयोजनाले बताएको छ । अहिले बुढाथोकीलाई पक्राउ गरेर बुढाथोकीका सम्पूर्ण कर्तुतहरु बाहिर ल्याउने कार्यमा प्रहरी प्रशासन लागेको प्रहरी स्रोतले बताएको छ ।