चाैताराका १ सय ९२ जना कृषकलाई मिनि टिलर बितरण निर्मल बस्नेत

३१ जेठ २०८१, चाैतारा, सिन्धुपाल्चोक । चाैतारा साँगाचाेकगढी नगरपालिकाले कृषकहरुलाई मिनिटिलर बितरण गरेकाे छ ।

चालू आर्थिक बर्षकाे बिनियाेजित बजेटबाट नगरले १ सय ९२ थान मिनिटिलर कृषि सहकारी, समूह र फर्महरुमार्फत कृषकलाई उपलब्ध गराएकाे हाे ।

नगरले लागत साझेदारीमा टेण्डरमार्फत खरिद गरिएको मिनिटिलरकाे मूल्य २८ हजार ५ सय रहेकाे छ । कृषकहरुवाट १४ हजार ५ सय र नगरवाट १४ हजार ५ सय बराबरी लगानीमा खरिद गरिएको कृषि अाैजार बिहिबार एक कार्यक्रम गरि नगरप्रमुख कृष्णप्रसाद सापकोटा र उपप्रमुख सीता थापाले कृषकहरुलाई बितरण गरेका हुन् ।

मिनिटिलर बितरण कार्यक्रममा बाेल्दै नगरप्रमुख सापकोटाले गतबर्षकाे तुलनामा सुपथ मूल्यमा नै उपलब्ध गराएकाे बताए । सापकोटाले दाेहाेराे लगानी परेकाेले सहि सदुपयाेग गरि जगेर्नामासमेत जाेड दिन आग्रह गरेका छन् । कृषिकाे आधुनिकिकरणमा सहयाेग पुग्ने अपेक्षा लिइ नगरले कृषकहरुलाई समयअनुकुलकाे कृषि आैजार र बीउ बिजन उपलब्ध गराउदै आएकाे बताए ।

नगर उपप्रमुख सीता थापाले कृषकहरुलाई आफुले पाएकाे कृषि आैजार सावधानीपूर्वक प्रयाेग गर्न अनुराेध गरिन् । उनले आफुले पाएकाे सुबिधाले जीवनव्यवहारमा परिवर्तन भएकाे कुराकाे आधारमा नगरलाई थप सल्लाह सुझाव समेत प्रदान गर्न आग्रह गरिन् ।

नगरकाे कृषि शाखा प्रमुख चिरञ्जीवी कट्टेलले बताए अनुसार मिनि टिलर सहकारी, कृषक समूह र व्यवसायिक फर्ममार्फत निवेदन माग गरि नेपाल सरकारकाे खरिद नियमावली अनुसार टेण्डर आह्वान गरि टेण्डरद्वारा छनाेट भएकाे व्यवसायीमार्फत खरिद गरि कृषकहरुलाई बितरण गरिएकाे हाे ।

मिनि टिलर पाएपछि खुसी भएका वन कृषि तथा फलफूल बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर कार्कीले नगरपालिकाले सहकारी र समूहहरुमार्फत उपलब्ध गराएर पारदर्शी काम गरेकाे बताए । उनका अनुसार आफ्नो सहकारीले पनि ४ वटा मिनिटिलर पाएकाे र उक्त कृषि आैजार आवश्यकताकाे आधारमा वास्तविक कृषकलाई मात्रै प्राथमिकता दिई उपलब्ध गराउने बताए ।

नगरपालिकाकै अगुवाइमा ३ सय भन्दामाथी मिनिटिलर मर्मत सम्हारकाे काम भईरहेकाे कृषि प्राबिधिक रामहरी दाहालले जानकारी दिए । उक्त कार्यमा खटिने प्राबिधिकहरु तालिप्राप्त रहेकाे पनि बताए ।
मिनि टिलर बितरण कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, कृषि शाखा प्रमुख,कृषि अधिकृत प्रिति कायस्थ , न्यायिक समिति सदस्य रबि खत्री , नगरका अन्य कर्मचारी , सञ्चारकर्मी र कृषकहरुकाे सहभागीता रहेकाे थियाे ।