वक्तृत्वकला प्रतियोगितामा सेलाङ माविका रोशन भए प्रथम
२५ जेठ , चनौटे, सिन्धुपाल्चोक । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )द्वारा “ जुगलको अभियान प्रतिभा पहिचान” कार्यक्रम अन्तरगत माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा सेलाङ माध्यमिक बिद्यालयका छात्र रोशन तामाङ प्रथम भएका छन् ।
जुगल गाउपालिकाका ८ वटा माध्यमिक बिद्यालयका १६ जना प्रतिस्पर्धी विद्यार्थी सहभागी कार्यक्रममा श्री सेलाङ माध्यमिक विद्यालयको रोशन तामाङले प्रथम स्थान हासिल गरेका हुन् ।
प्रतियोगितामा श्री जलदेवी माध्यमिक विद्यालयका सुनिता तामाङ द्वितीय र भिमसेन माध्यमिक विद्यालयका पुष्प लामा तृतिय र काली देवि माध्यमिक विद्यालय का सरिता वि.क. चौथो स्थान हासिल गर्न भए । प्रथम, द्वितीय तथा तृतीय र चौथो हुने प्रतियोगीलाई प्रमाण पत्र, नगद पुरस्कार प्रदान गरिएको अखिल क्रन्तिकारी जुगलका अध्यक्ष सुमन श्रेष्ठले जानकारी गराए ।
सोही अवसरमा जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले विद्यार्थीहरुलाई बाह्रय ज्ञान आर्जनका लागि क्रन्तिकारीले गरेको कार्यक्रम उपलब्धिमुलक रहने बताए ।
अध्यक्ष तामाङले पाठ्यक्रममा आधारित शिक्षाले मात्र विद्यार्थीहरुको क्षमताको विकास नहुने भन्दै उनीहरुको बौद्धिक तथा मानसिक विकासका लागि आगामी दिनमा पनि ज्ञानवर्दक कार्यक्रम गर्नका लागि गाउँपालिकाले सहयोग गर्ने बचन दिए ।
नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र )जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजुले विद्यार्थीहरूको क्षमता विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरूको आवश्यकता रहेको भन्दै रचनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने बताए ।
बक्तृत्वकला कार्यक्रम क्रान्तिकारीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजु, क्रान्तिकारी बागमती प्रदेश मुख्य सचिब रञ्जित आचार्य, जुगल गाउँपालिका इन्चार्ज उमेश लामिछाने, शिक्षक विद्यार्थी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।