नगरपालिकाकाे सहयाेगमा माैरीकाे घार, संगै २० थान गलैंचा बुन्ने तान बितरण

निर्मल बस्नेत
२३ जेठ,चाैतारा, (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाे सहयोगमा स्वाभिमानी बहुद्देश्यीय सहकारी संस्थामार्फत ३२ परिवारले मौरी सहितको घार पाएका छन् ।
बुधबार चाैतारामा एक कार्यक्रममा नगरपालिका वडा नम्बर ५ का स्थानीयले मौरी सहितको घार पाएपछि उनीहरूमा छुट्टै खुसी छाएको छ । स्थानीयले यस अगावै मौरी पालन तालिम लिएर बसेका थिए अहिले मौरी सहितको घार पाएपछि उनीहरुमा खुसी थपिएको हाे ।

घार बितरण कार्यक्रममा बोल्दै चौसाँगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले व्यवसायीक रुपमा आम्दानीकाे माध्यम बनाई आत्मनिर्भर हुनेगरी मौरी पालनमा लाग्न आग्रह गरेका छन् । आर्थिक रुपमा सक्षम हुन आफ्नै घरसारमा बसि आम्दानी गर्न उनिहरुलाई मेयर सापकोटाले सुझाएका हुन् । आफू सदैव कृषक र उद्यमीहरुकाे पक्षमा रहेकाे बताउदै उनले उचित र बस्तुबादी याेजना सहित नगरमा आए नगर सहयाेग गर्न तयार रहेकाे बताए ।

त्यस्तै उपप्रमुख सिता थापाले नगरपालिकाले सीप बिकासकाे लागि २० लाख भन्दा बढी खर्च गरेको बताइन् । नगरकाे सहयाेगमा सञ्चालित तालिमले नगरबासीकाे जीवनव्यवहार सहज बनाउने र स्वराेजगार सिर्जना गर्न सहयाेग पुग्ने अपेक्षा राखेकीन । उनले नगरकाे लगानी खेर नजाओस् भन्ने आफ्नाे चाहाना रहेकाे बताईन ।

नगरपालिका ५ नम्बर वडाध्यक्ष शिव श्रेष्ठले समृद्ध नगरकाे लागि क्षमता बिकासकाे तालिमले आत्मनिर्भर बनाउने दिशामा नगर अघि बढेकाे बताए । उनले सिकेको सीप व्यवहारमा प्रयाेग गर्न आग्रह गर्दै थप क्षमता बिकासकाे लागि कार्यक्रम बनाउने प्रतिबद्धता समेत जनाए ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले तालिमा सहभागी घरमै बसेर आयआर्जन गर्नमा तालिमले सहयाेग पुगेको हाेला भन्ने धारणा व्यक्त गरे । अध्यक्ष श्रेष्ठले भने, “सरकारकाे लगानी वालुवामा पानी नहाेस्” । कार्यक्रममा माैरीपालन प्रशिक्षणका सहजकर्ताबाट आवश्यक प्रकृयाकाे बारेमा चर्चा गरिएको थियाे । उनले १५ गाेला माैरी नास गरेर अरु थप माैरी ल्याएर सफलता हासिल गर्नेसम्मका ज्ञान बटुलेकाे अनुभव सुनाए ।

साेही कार्यक्रमकाबिच नगरपालिका र उद्याेग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोककाे सहयाेगमा स्वाभिमानी कै आयाेजनामा बैशाख २३ गतेबाट जेठ २२ गतेसम्म सञ्चालित १ महिने एडभान्स गलैंचा बुन्ने तालिमकाे समापन पनि गरिएको थियाे । तालिममा सहभागी २० जनालाई एक एक थान गलैँचा बुन्ने तान समेत बितरण गरिएको थियाे ।

उक्त कार्यक्रम उद्योग तथा बाणिज्य कार्यालयका उद्योग अधिकृत बिश्वनाथ काफ्लेको अध्यक्षता र स्वाभिमानी सहकारीका अध्यक्ष हरी बिश्वकर्माकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।