जुर्मुराउदै फेरि वाइसीएल, बैठक र प्रशिक्षण एकसाथ गर्दै
निर्मल बस्नेत
३ जेठ, चौतारा । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपाल आफ्नो गतिविधिलाई सशक्त वनाउदै अघि बढ्ने भएको छ । यहि जेठ ५ गते सिन्धुपाल्चोकको चौतारामा बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
बिगतमा चर्चाको शिखरमा रहेको उक्त संगठनले समाजको हर गतिविधिमा रचनात्मक काम गर्दै आइरहेको थियो । वाइसीएलले नेपाल केही खास परिबेषको घट्नाक्रमहरुलाई तलमाथि पार्ने गरि भूमिका निर्वाह गर्दै आएको थियो । वाइसीएल केही समय भने आन्तरिक काममा व्यस्त रहेको थियो । युवाहरुले फेरि समाजको गतिविधिमा आफुलाई सहभागीता गराउन रचनात्मक कार्यक्रमहरु निर्माणको लागि जिल्लाभरको वाइसीएल एक ठाउँमा भेला हुने भएका छन् । जसको तयारीका लागि बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने वाइसीएल सिन्धुपाल्चोकले जनाएको छ ।
उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजबादको बाटोमा अघि बढौ, संगठन सुदृढ गर्दै नीति निर्माणमा युवा सहभागीता सुनिस्चित गरौ!! भन्ने मुल नाराका साथ एकपटक फेरि सिन्धु भूमिमा वाइसीएल जुरमुराउने भएको छ ।
वाइसीएलले गर्ने कार्यक्रममा नेकपा(माओवादी केन्द्र) केन्द्रका भद्र एवं सालिन नेता पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा( देशबन्धु) र वाईसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा) ले सम्वोधन गर्ने भएका छन् ।
पछिल्लो समय नीति ,विधि र पद्धतिभन्दा बाहिर समाजको गतिविधि चल्दै आएकोले उक्त गतिविधि नियन्त्रण गर्नका लागि विभिन्न कार्यक्रमहरु तय भएको जिल्ला संयोजक सुमित काफ्लेले जानकारी गराए ।
उनका अनुसार माओवादीका पोलिटव्यूरो सदस्य सदस्य एवं प्रतिनिधि सभा सदस्य युवा नेता माधब सापकोटा सुबोध , केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल (शरदर) र पार्टी वाग्मती प्रदेश समिति अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्री पौडेलले युवाहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ । जसको लागि जिल्लाभरको १ सय ३ वटै वडाका १÷१ जना प्रतिनिधिहरुको सहभागीता रहने वाइसीएल सिन्धुपाल्चोकले जानकारी गराएको छ ।