अनेमसंघको जिल्ला सम्मेलनबाट तारादेबीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन
निर्मल बस्नेत
२९ बैशाख, बलेफी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोको ११ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सर्वसहमती कायम गर्दै तारादेबी रानाको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ५ बलेफीको कवर्डहलमा सम्पन्न सम्मेलनले अध्यक्षमा तारादेबी राना, उपाध्यक्षमा सुजाता तिमल्सीना र निर्जला दर्जी, सचिवमा राममाया तामाङ, कोषध्यषमा मीना नेपाल (दुलाल) र सदस्यहरुमा श्रद्धा थामी, लक्ष्मी प्रधान, शमीला श्रेष्ठ, पेमा मोक्तान, प्रतिमा पराजुली (दाहाल), लक्ष्मीमाया दाहाल, देवकी पौडेल, मैना तमाङ, शमीला खड्का, गीता श्रेष्ठ, अम्बीका गौतम, बिष्णुमाया तामाङ, निर्मला तिमल्सीना, मीना शर्मा, सावित्री दंगाल, मनमाया नेपाल, सरस्वती दंगाल, अपेक्षा आचार्य, पार्वती रायमाझी, मैती लामा, नीता दनुवार, रबिना आचार्य, किलामु तामाङ, गोमा थामी, अरुणा बि.क., सीता दनुवार र पबित्रा खड्का निर्वाचित भएका छन् ।
त्यसैगरि बिन्दा बजगाईको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा रत्नमाया नेपाल, राधिका सापकोटा, सुशिला सापकोटा, सीता खड्का, नैना कुमारी तामाङ, मीनकुमारी कार्की, नानु दुलाल, सरला राई, कमला दनुवार, गीता पराजुली, धामो तामाङ, सिर्जना बि.क., नारयणदेबी घले, सानु श्रेष्ठ, सुशिला नेपाल, सञ्चमाया तामाङ, देवकी न्यौपाने, पूर्णमाया थामी र कल्पना अधिकारी रहेका छन् ।
निर्वाचित जिल्ला समिति र सलाहकार समितिलाई कार्यक्रमको प्रमुख अतिथी संघकी केन्द्रीय उपाध्यक्ष एवं संघिय सांसद बिमला सुबेदीले पद तथा गोपनीयताको सपथ खुवाईन ।
सम्मेलन कार्यक्रममा सम्बोदन गदै सुबेदीले नेपालको संबिधानमा महिलाको हक संगै जाती, क्षेत्र र समुदायको बिभिन्न हकहरु निर्माण भएको भएको छ । यी सवै प्राप्तीको लागि तत्कालिन नेकपा माओबदीले सञ्चालन गरेको १० बर्षे जनयुद्ध र आम शोषित पीडित महिलाहरुको सहभागितामा गरिएको न्यायपूर्ण आन्दोलनको उपलब्धी भएको चर्चा गरेकी थिइन् ।
कार्यक्रममा माओवादी पार्टीका केन्द्रिय सदस्य एवं चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज केशव नेपाल, पार्टी केन्द्रिय सदस्य एवं बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल, बागमती प्रदेश सभाका सांसद अमृता नेपाल, माओबदीका जिल्ला संयोजक गोविन्द पराजुली, संगठनका बागमती प्रदेश अध्यक्ष सुनिता गौतम र बिद्यार्थी नेता मिलन लामाले सम्मेलन सफलताको शुभकामना मन्तव्य प्रदान गरेका थिए ।
सम्मेलनको अवसर पारेर अनेमसंघले १० बर्षीय जनयुद्धको महिला शहीदहरुको परिवारहरुलाई दोसल्ला आडाएर सम्मान गरिएको थियो ।
संगठनको संस्थापक अध्यक्ष खिकादेबी नेपालदेखी यसभन्दा अघिको पूर्व अध्यक्षहरु कल्पना न्यौपाने, अमृता नेपाल, सुमित्रा बस्नेत लक्ष्मी धिमाललाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
सम्मेलन उदघाटन समारोहमा अनेमसंघको जुगल गाउँपालिका समितिकी अध्यक्ष श्रद्धा थामीको कबिता बाचन र सदाबहार एकेडेमी खाडीचौरको बिद्यार्थीहरुको सुन्दर नृत्यले मनोरञ्जन थपेको थियो ।
सम्मेलन कार्यक्रमको अध्यक्ष अम्बिका नेपालले प्रस्तुत गरेको सांगठानीक प्रतिबेदन सर्वसहमतीले पारित गरेको छ । जिल्लाको १२ वटै स्थानीय तहबाट उपस्थित प्रतिनीधि तथा पर्यवेक्षकहरु माओबादी पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थितिामा भएको सम्मेलन ब्रह्मायणी करिडोरको र भोटेकोशी नदीको संगम स्थल नजिकै रहेको बलेफी कवर्डहलमा भव्यताकासाथ ३ सय भन्दा माथिको सहभागितामा सम्पन्न भएको थियो ।