सिन्धुपाल्चोकका युवायुवतीलाई डिजिटल पत्रकारिता तालिम
बैशाख २८, चाैतारा । सिन्धुपाल्चोकका युवायुवतीलाई चाैतारामा तीनदिने डिजिटल पत्रकारिता तालिम सुरु गरिएकाे छ । चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे आर्थिक सहयाेग तथा कञ्चन स्मृति साहित्य प्रतिष्ठानकाे आयाेजनामा जिल्ला सदरमुकाम चौतारामा आजबाट सुरू भएकाे डिजिटल पत्रकारिता तालिम ३० गते सम्म सञ्चालन हुने आयाेजकले जनाएकाे छ ।
नेपाल पत्रकार माहासंघ सिन्धु शाखाकाे सभाहलमा सुरूवात गरिएकाे डिजिटल पत्रकारिता तालिमको शुभराम्भ नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सहभागीहरूलाई डायरी हस्तान्तरण गरेर सुरूवात गरिएकाे हाे ।
तालिमकाे सुरूवातकाे अवसरमा माहासंघका अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीहरु सकेसम्म हरेक कुरामा अपडेट हुँदै समय सापेक्ष आफ्ना सीप र क्षमतालाई पनि अपग्रेड गर्दै जानुपर्ने आवश्यकतालाई औल्याए ।
डिजिटल पत्रकारिताका कारण अहिले कुनै पनि पत्रकार कुनै पनि भूगोलमा मात्र सीमित नभइ सिंगो संसारकै पत्रकारको रुपमा स्थापित हुँदै गएको बताउँदै अध्यक्ष श्रेष्ठले आफूले सिकेको ज्ञान र सीपको सही तरिकाले प्रयोग गर्न आग्रह गरे ।
सञ्चारकर्मी निर्मल बस्नेतद्वारा सञ्चालन गरिएकाे कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष सुरेशराम कसजूले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य ज्ञानेन्द्र तिमल्सिना, सचिव विदुर आचार्य, प्रेस युनियन सिन्धुपाल्चोकका अध्यक्ष किशोर बुढाथोकी, प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीष लगायतका सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।
३ दिनसम्म चल्ने तालिमको प्रशिक्षक रविन श्रेष्ठ, विनय बजगाई र सुन्दर शिरीष लगायतका रहेका छन् भने ३३ जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।