इलेक्ट्रोपावर कम्पनी लिमिटेड विरुद्व भोटेकोशीका स्थानीय संघर्षमा

दिनेश दुलाल
बैशाख १७ हिन्दी । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिक–४ हिन्दीमा निर्माणधिन ईलेक्ट्रोपावर पावर कम्पनी विरुद्व भोटेकोशीका स्थानीय संघर्षमा उत्रिएका छन् ।

इलेक्ट्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजना (४० मे.वा) निर्माण गर्ने क्रममा सुरुङ खन्दा बस्ती जोखिम भएको भन्दै आईतबार स्थानीय आन्दोलन उत्रिएका हुन् । आयोजना प्रभावित क्षेत्र गाउँपालिकाको ४ नम्बर वडा अन्र्तगत हिन्दी, झिर्पु, लुकिसिङ, पन्थली, लाक्चीपु, पुजारी गाउँ, थामीगाउँ र चाकु बजारका करिब ५ सय घरधुरी आयोजनाबाट जोखिममा रहेको उनीहरुको ठहर छ । सुरुङ खन्दा चाकु बजार समेत जोखिममा रहेको स्थानीय चेङगा शेर्पाले बताए । हाईड्रो बन्नै नदिने जनताको सोचाई नरहेपनि आयोजनाले प्रभावित जनतालाई क्षतिपूर्ति दिने कुरामा कुनै सुनुवाई नगरेको प्रभावित स्थानीय सर्किनी गेलाले बताईन । आयोजनाले प्रभावित जनताको माग पुरा नगरेसम्म संघर्ष जारी रहने चाकुकी हिमाली श्रेष्ठको भनाई छ ।

आईतबार सयौंको संख्यामा त्याहाँका स्थानीय नाराजुलुस सहित चाकुबजारबाट पैदल यात्रा गरेर पालिका मुकाम रहेको स्थान हिन्दी बजारमा पुगेर कोणसभा गरेका थिए । ‘भोटेकोशी गा.पा ४ ले दिएको सिफारिस खारेज गर, जनताको जोखिम क्षेत्रमा बनेको घरबारी बचाउँ, जलमाफिया होसियार’ जस्ता चर्का नारा लगाएका उनीहरुले भोटेकोशी गाउँपालिका तथा ईलेक्ट्रोपावर पावर कम्पनीलाई ज्ञापनपत्र बुझाएका थिए । हिन्दीमा आयोजित कोणसभामा बोल्दै प्रभावितहरुको नेतृत्व गरेका स्थानीय देवीबहादुर बुढाथोकीले निर्माणधिन हाईड्रोपावरले स्थानीय प्रभावितहरुलाई कुनै सरोकार नराखी बलमिचाई गरेर आयोजना निर्माण गर्न लागेको बताए । प्रभावितहरुको मागको सन्दर्भमा गाउँपालिकाले समेत कुनै चासो नदिएको उनको आरोप छ । सुरुङ खन्दा प्रयोग गरिने बम ब्लाष्टिङले त्यहाँका घरहरु सबै थर्किएर जोखिम बन्दै छ तर न स्थानीय सरकारले प्रभावितको कुरा सुन्छ हाईड्रोपावरले’, बुढाथोकीले भने । हाईड्रोले वातावरणीय मूल्याङकन प्रतिवेदन सार्वजनिक नगरी जनतालाई गुमराहमा पारेर अन्याए गरेको उनले बताए । प्रभावित क्षेत्रका बासिन्दालाई बस्ती स्थान्तरण वा क्षतिपूर्तिको व्यवस्थापन आयोजनाले कतै सम्बोधन नगरिएको समेत उनको भनाई छ ।

२०६७ सालमा माथिल्लो भोटेकोशी जलविद्युत कम्पनीले भोटेकोशी–१ जलविद्युत अर्को आयोजना निर्माण गर्नेगरी बनाईएको योजनालाई इलेक्ट्रोपावर कम्पनी लिमिटेडको नाममा व्यवसायीहरुले नक्कल गरेको उनको आरोप छ । उनका अनुसार उक्त इलेक्ट्रोपावर कम्पनी नामाकरण गर्नु अघि शैलुङ पावर कम्पनी लिमिटेड रहेको रहेको थियो । सरकारले त्यसलाई अवैधानिक ठहर गर्दै केही व्यक्तिहरुलाई जेल समेत हालेको बुढाथोकीको ठहर छ । त्यसपछि बनेको इलेक्ट्रोपावर कम्पनी समेत अवैधानिक रहेको उनको दावी छ ।
उक्त इलेक्ट्रोपावर कम्पनीले स्थानीय प्रभावितको माग पुरा नगरेको गुनासो आईरहँदा भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले आयोजना निर्माण गर्दा प्रभावितहरुको बस्ती तथा मानवीय क्षेति भए क्षतिपूर्ति दिनेगरी गाउँपालिकाको रोहोबरमा अध्ययन प्रतिवेदन तथा जाँचबुज समिती समेत बनाईसकिएको बताए । ‘सुरुङ खन्दा बस्ती जोखिम भए अथवा कुनै धनजनको क्षति भए हाईड्रो कम्पनीले व्यहोर्नेछ’, अध्यक्ष शेर्पाले भने ।

निर्माण थाल्नु अघि विद्युत विकास विभागले एक सूचना निकालेर आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिन भित्र लिखित राय सुझाब मागेको थियो । आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातवणीय प्रतिवेदन तयार समेत भईसकेको थियो । उक्त प्रतिवेदन जालसाँझी गरी प्रभावितले कुनै आयोजनासंग कुनै क्षतिपूर्ति नमाग्ने भनेर झुट्टा लिखत बनाएको बुढाथोकीको आरोप छ । आयोजना थालेको एकबर्ष हुँदा करिब ४० प्रतिशत काम सम्पन्न गरिसकेको हाईड्रोले प्रभावित स्थानीयहरुको कुनै माग पुरा नगरेको उनीहरुको भनाई छ । यस सम्बन्धमा हाईड्रो सञ्चालकहरुसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

इलेक्ट्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजना (४० मे.वा) निर्माण स्थल

स्मरण रहोस यो आयोजना नदि प्रवाहमा आधारित (आरओआर) प्रकृतिको हो । यसको डिजाइन बहाव ४३.९८ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ११३.५० मिटर रहेको छ । आयोजनाका अनुसार आयोजनाबाट बार्षिक सरदर २४१.४७ गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचनाहरु भेटेकोसी खोलाको पानी फर्काउन बनाईने बाँधको लम्बाई ४० मिटर र उचाई ७ मिटर हुनेछ । त्यस्तै एउटा अडिट टनेल निर्माण गरिएको छ । उत्पादित विद्युतलाई १३२ केभीको स्विच याडमा जडान २ वटा २४ एमभीए, ५० हर्जको ३ फेज ट्रान्सफर्मरबाट करिब १.५ किबि डबल सर्किट प्रसारण लाईन मार्फत अपर चाकुखोला ‘ए’ जलविद्युत आयोजना (२२ मेगावाट) को १३२ सिंगल सर्किट प्रसारण लाईनमा लुप इन लुप आउट गरी जडान गरिनेछ । आयोजनाबाट सन २०२४ माघ १६ गते सम्म विद्युत उत्पादनको लक्ष्य छ ।