
प्रमुख प्रशासकीय अधिकृतले चलाएको गाडी दुर्घटना हुँदा ६ घाइते

बैशाख १४, मेलम्ची । पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, प्रशासकीय अधिकृत रामप्रसाद न्यौपाने लगायत कर्मचारी गाडी दुर्घटनामा परेका छन् ।
गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको कार तिपेनि बजारभन्दा ३० मिटर माथिबाट खस्दा ६ जना मध्ये ३ जना कर्मचारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार बा १ झ ६३०३ नं. को हाइलेक्स गाडी अनियन्त्रित भई सडकबाट करिब १ किलोमिटर तल खस्दा सवार ६ जना घाइते भएका भएका हुन् । उक्त गाडी प्रमुख प्रशासकीय अधिकृत कुईकेलले चलाएको बुझिएको छ ।
प्रहरीका अनुसार घाइते हुनेहरुमा राम प्रसाद न्यौपाने, लक्ष्मण कुईकेल, कान्छा तामाङ, शारदा उप्रेती, सरिता गौतम र दीपा कुमारी धमला रहेका छन् । उनीहरु मध्ये न्यौपाने, सरिता र दिपा गम्भिर घाईते भएका थिए भने सामन्य घाईते भएका प्रमुख प्रशासकीय अधिकृत कुईकेल, तामाङ र शारदाको स्थानीय पाँचपोखरी थाङपाल तिपेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तो छ पालिकाको विज्ञप्ति