१० पर्वतारोही जुगल हिमाल चढ्ने

निर्मल बस्नेत
चैत्र २२, ढाँडे । नेपाल र दक्षिण कोरियाका १० पर्वतारोहीले २०८० चैत्र २४ देखि बैशाख १५ गतेसम्म जुगल हिमाल आरोहण गर्ने भएका छन् । आरोहणमा नेपालका ३ र दक्षिण कोरियाका ७ जना गरि १० जनाले आरोहण गर्न लागेका हुन् ।

गत बर्ष आरोहण खुला गरेको ६ हाजार ५ सय ९१ मिटरमा रहेको जुगल १ र ६ हजार ५ सय १८ मिटर उचाईमा रहेको गुगल २ को आरोहण गर्ने तय भएको जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिनबहादुर लामा मिलनले जानकारी दिए ।

पर्वतारोही संगै आउने पत्रकार र कोरियाली अन्य पर्यटकहरुको टोलीलाई बलेफी गाउँपालिकाको जलबिरेमा नेवारी, गुम्बामा तामाङ र तेम्वाथाङमा शेर्पा साँस्कृतिक कला र झाँकीले स्वागत गर्ने तयारी रहेका छ ।
पैदलमार्गमा पर्ने जुगलको टाँडे, कात्तिके, मान्जे, गोन्डेगाउँका स्थानीहरुले ठाउँठाउँमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

जुगल हिमाल आरोहणमा नेपालीहरुमा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, नेपालको पहिलो अन्तराष्ट्रिय माउन्टेन महिला गाईड दावा याङजुङ शेर्पा र स्थानीय मिनबहादुर लामा ((मिलन) तयारी हालतमा रहेका छन् ।

आवश्य अन्य व्यवस्थापकीय प्रवन्धको लागि जुगल गाउँपालिकाले सहयोग पुर्याउने गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए ।