सिन्धु युएसए वेलफेयर सोसाईटिले ५ जना विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क पढाउने
दिनेश दुलाल
चैत्र १९, चौतारा । सिन्धु युएसए वेलफेयर सोसाईटिले शैक्षीक सत्र २०८१ का लागि ५ जना विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क पढाउने भएको छ ।
सोसाईटी अमेरिकाको मार्च ३१÷२०२४ का दिन बसेको कार्यसमीतीको बैठकले गत माघ महीनामा जारी गरीएको नयाँ बिद्यार्थी भर्ना सम्बन्धी सूचनाको आधारमा प्राप्त आवेदनउपर छानबिनगरी सिन्ध्ुपाल्चोकका विद्यार्थीहरुलाई छनौट गरी कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरिएको सिन्धु युएसए वेलफेयर सोसाईटिका अध्यक्ष सूर्य खड्काले जानकारी दिए ।
सिन्धुपाल्चोकका गरिब, पिछडीएका र जेहन्दार विद्यार्थीहरुलाई शिक्षाको आभास दिलाउनका लागी आगामी शैक्षीक सत्र २०८१ दैखी कक्षा संचालन गराउनेगरी ५ जना बालबालिकाहरुलाई छनौट गर्ने निर्णय गरीएको उनले जानकारी दिए ।
उनका अनुसार पाँचपोखरी थाङ्पाल गाउपालिका वडा नं २ का दाग्याल्बो स्याङ्बो तामाङका छोरा बर्ष १४ का अमन स्याङ्बो तामाङ, मेलम्ची नगरपालिका वडा नं ११ का शुकुमान तामाङका छोरा बर्ष ७ का निकेश तामाङ, मेलम्ची नगरपालिका वडा नं ९ का शेरबहादुर पण्डितका छोरा बर्ष १० का कमल पण्डित, हेलम्बु गाउपालिका वडा नं ३ का देबचन्द्र श्रेष्ठकी छोरी बर्ष ८ की देबकी कुमारी श्रेष्ठ र बाह्रबिसे नगरपालिका वडा नं ६ का मानबहादुर तामाङका छोरा बर्ष ९ का फुन्जो तामाङले निशुल्क पढ्न पाउने भएका छन् ।
स्मरण रहोस सामाजिक क्षेत्रमा क्रियासिल अमेरीकामा रहेको सिन्धु युएसए वेलफेयर सोसाईटिले प्रत्येक बर्ष सिन्धुपाल्चोक जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई छनौट गरी सम्मान तथा पुरस्कृत गर्दै आईरहेको छ ।
हालसम्म संस्थाको पहलमा सिन्धुपाल्चोकका अतिविपन्न १९ बालबालिकालाई निजी विद्यालयमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको संस्थाले जनाएको छ । शिक्षा तथा सामाजिक कार्यमा क्रियासिल संस्था सोसाईटीले पछिल्लो पटक सिन्धुपाल्चोक जिल्लामा निकै चर्चा कमाउन सफल भएको छ ।