स्याउलेको वडा कार्यालय भवन शिलान्यास– समयमा नै काम सकाउन नगर प्रमुखको आग्रह

निर्मल बस्नेत
चैत्र १६, (२०८०), चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणको शिलान्यास भएको छ । भवनको शिल्यान्यास नगरप्रमुख कृष्णप्रसाद सापकोटा र उपप्रमुख सीता थापाले संयुक्त रुपमा गरेका हुन् ।

१ करोड बीस लाखमा ठेक्का लागेको उक्त भवन निर्माणको लागि नगरपालिकाले बजेट व्यवस्थापन गरेको थियो । कार्यकाल सम्हाले देखिको आवश्यकता महसुस भएकोले वडा भवन निर्माणको लागि नगरले प्राथमिकता दिएको बताए । ‘तपाईंको खुसी नै मेरो खुसी हो’, नगरप्रमुख सापकोटाले भने, ‘भवन पनि एउटा सुचक हो ।’ कतिपय वडा कार्यालय जाने बाटो असहज भएको हुँदा सेवा प्रवाहमा सहजता ल्याउन बजेट व्यवस्थापन गर्दै आएको उनको भनाई छ । १ नम्बर वडाको कार्यालय आउने बाटो र अन्य व्यवस्थापनको लागि थप बजेट व्यवस्थापन गर्ने समेत नगरप्रमुख सापकोटाले प्रतिवद्वता जनाए । कमजोर भूगोल भएको वडा कार्यालय मजबुद हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।

उक्त कायृक्रमममा उपप्रमुख सीता थापाले नमुना र पर्यटकीय स्थलको प्रवर्द्धनमा नजरले योजना बनाएर काम गर्ने बताईन । नयाँ पक्ककी भवन निर्माणले सरकारको श्रेस्ता चोरी हुने डर र चिन्ता अन्त्य हुने बताईन । घर आगनको सरकार आफ्नै भएको महसुस गर्न उनले आग्रह गरिन ।

१ नम्बर वडाअध्यक्ष युवलाल श्रेष्ठले आफूले नै जोड गरेर १ करोड बजेट बिनियोजन गरेकोले यसलाई थप बजेटको लागि निरन्तरता दिन उनले नगरसंग आग्रह गरे । आयआर्जनको लागि पनि वडाबासिको समृद्धिमा योजना तयार पार्न आफू लागि परेको उनले बताए । निर्माण कार्यको गुणस्तर संगै समयमा नै सम्पन्न गराउन स्थानीयको रचनात्मक सहयोग पु¥याउन आग्रह उनले आग्रह गरे ।

भवन निर्माणमा केही त्रुटी भए सकारात्मक सुझाव व्यक्त गरिदिनुहुन अनुरोध गरे । वडा सदस्य रामशरण अधिकारीका अनुसार उक्त भवन १ करोड २० लाख लागतमा निर्माण व्यवसायी मीन बहादुर देउजा ठेक्का एकवर्ष भित्र बनाउनेगरी जिम्मा लिएका हुन् ।