व्यापार मात्रै होईन सेवा गर्छन रामचन्द्र, भेटिएको सुन दिए यात्रुलाई
चैत्र १४, सुकुटे । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० सुकुटेका रामचन्द्र खड्काले केही बर्ष अघि देखि चार्जिङ ईस्टेसन राखेका छन् । संगै पसल समेत राखेर व्यवसाय गरेका रामचन्द्रले पछिल्लो पटक चार्जिङ ईस्टेसन राखेसंगै उनकोमा विद्युतीय साना यात्रुबाहक सवारी साधानको चाप बढेको छ ।
चार्जिङ ईस्टेसनमा सवारी साधन चार्ज गर्न करिब ३० मिनेट देखी ४५ मिनेट लाग्छ । मंगलबार चरिकोट पुग्ने एउटा विद्युतीय माईक्रोले चार्ज गर्दै गर्दा त्यसमा सवार यात्रुहरु नजिकै रहेको होटलमा खाजा निस्केका थिए । खाजा खाएसंगै माईक्रोले यात्रु लिएर हिड्यो । केही समय पछि नै रामचन्द्रले आफ्नो पसल अगाडी सामन्य एउटा रातो झोला देखे । रातो झोला भित्र पाँच थान गहना देखे । तर उनीसंग त्यो सामान छोड्ने यात्रुको सम्पर्क नम्बर थिएन । उनले सामाजिक सञ्जाल फेसबुकमा समेत पोष्ट गरे तर कसैले दावी गर्न आएनन् ।
त्यसपछि रामचन्द्रले चरिकोट चल्ने सवारी चालक मार्फत उक्त गहनाको धनीलाई सम्पर्कमा ल्याउन सफल भए । आफ्नो हराएको सामान पाउँदा ती यात्रुले रामचन्द्रलाई खुलेर प्रसंशा गरे । व्यापारी तथा व्यवसाय गर्ने सबै गलत हुँदैनन् भन्ने कुरा रामचन्द्रले पुष्टि गरिदिएका छन् । रााचन्द््रको मनकारी भावना देखेर यात्रु तथा सवारी चालकहरुले उनको चर्चा गरेका छन् । आफूले फेला पारेको सुनको गहना निकै समयको प्रयास पछि सम्बन्धित धनीलाई बुझmाएको रामचन्द्रले बताए ।