सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा खत्री र बस्नेतको कडा प्रतिश्पर्धा
चैत्र ११, बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष लगाएत पदाधिकारीको मतगणना अईरहँदा अध्यक्षका उम्मेदवार खत्री र बस्नेतबीच कडा प्रतिश्पर्धा देखिएको छ ।
लगभग ४ सय मत गन्दा बुद्वराज बस्नेतले १ सय ६४ मत ल्याउँदा सुमन खत्रीले १ सय ६७ मत ल्याएर ३ मतले अग्रता लिएरका छन् । त्यस्तै शम्भुबहादुर तिमिल्सिनाले जम्मा ७३ मत ल्याएर निकै पछि परेका छन् । बरिष्ठ उपाध्यक्षमा उमेश प्रधानले निकै अग्रता लिएका छन् । प्रधानले २०२ मत ल्याउँदा सूर्यबहादुर कार्कीले १४५ ल्याएका छन् भने बिदुर पराजुलीले ५३ मत मात्रै प्राप्त गर्न सकेका छन् । यस्तै द्वितीय उपाध्यक्षमा १९३ ल्याएका ईन्द्रबहादुर राउतलाई राजेश श्रेष्ठले १५ मतले पछाडी पार्दै २०८ मत ल्याएर अग्रता कायम गरेका छन् ।
यसैबीच पछिल्लो प्राप्त मत अनुसार १० मतले बुद्वराजले अग्रता कायम गरेका छन् । सुमन खत्रीले २०१ मत ल्याउँदा बुद्वराजले २११ म्त प्राप्त गरेका छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा उमेश प्रधानले २३७ मत ल्याउँदा उनका प्रतिद्वन्दी सूर्यबहादुर कार्कीले १८९ मत ल्याएका छन् ।
त्यस्तै द्वितीय उपाध्यक्षमा ईन्द्रबहादुर राउतले २५२ मत ल्याउँदा राजेश श्रेष्ठले २४५ मत ल्याएर पछ्याएका छन् ।