सिन्धुपाल्चाेक उद्योग वाणिज्य संघकाे त्रिपक्षीय भिडन्तकाे सम्भावना, निर्वाचनबाट झण्डै ६० लाखकाे काराेबार हुने

दिनेश दुलाल
चैत्र ५, बाह्रबिसे । उद्योगी, व्यापारी व्यवसायीहरूकाे छातासंगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघकाे २८ अाै साधारणसभा तथा ११ अाै अधिवेशन चैत्र ९ र १० मा हुँदैछ ।
साधारणसभा तथा अधिवेशन अाउन ४ दिन बाँकी रहँदा अाज उम्मेदवारी दर्ता मनाेनयन कार्यक्रम रहेकाे सिन्धुपाल्चोक उद्योग वाणिाज्य संघले जनाएकाे छ । अध्यक्ष पदाधिकारी लगाएत सदस्य पदका लागि उम्मेदवारी मनाेनयनका क्रममा अध्यक्ष पदमा त्रिपक्षीय भिडन्त हुने देखिएकाे छ । यद्यपि संघकाे निर्वाचन अायाेगकाे कार्यतालिका अनुसार १ बजेदेखि ५ समय रहेकाे हुनाले थपघट हुन पनि सक्छ ।

बाहिर चर्चा चलेझैं अध्यक्ष पदमा बुद्धराज बस्नेत, शम्भुबहादुर तिमिल्सिना, सुमन खत्री र अमृत कार्कीकाे दावेदार रहेपनि ती मध्येबाट एकजना बाहिरिएर अन्तिममा त्रिपक्षीय हुने देखिएकाे हाे । यदि त्रिपक्षीय भिडन्त भएमा याे निर्वाचनमा करिब ६० लाख अाम्दानी हुने अांकलन गरिएकाे छ ।

संघकाे निर्वाचन अायाेगले प्रकाशित गरेकाे निर्वाचन कार्यतालिका अनुसार अध्यक्ष पदका लागि १ लाख ६० हजार, बरिस्ठ उपाध्यक्ष पदका लागि १ लाख १५ हजार, प्रथम उपाध्यक्षका लागि १ लाख १ हजार, द्वितीय उपाध्यक्षका लागि ९० हजार, तृतीय उपाध्यक्ष पदका लागि ८१ हजार, महासचिव पदका लागि ७५ हजार, सचिव पदका लागि ७० हजार, सह- काेषाध्यक्ष पदका लागि ६० हजार गरि पदाधिकारीकाे उम्मेदवारीमा मात्रै २२ लाख ५६ हजार संकलन हुनेछ ।

त्यस्तै कार्यसमिति १७ सदस्यका लागि प्रति सदस्य २० हजार रहेकाे छ । गत सालकाे सदस्यकाे अाकांक्षी हेर्दा ३० हुने अांकलन गरिएकाे छ । जसअनुसार ३० जना सदस्यकाे मनाेनयन दर्ता हुँदा ६ लाख संकलन हुनेछ । त्यस्तै २ हजार ४ सय ८७ साधारण सदस्यकाे नविकरण तथा थप सदस्यकाे शुल्क ३० लाख जम्मा भएकाे संघले जनाएकाे छ । संघका अनुसार साधारण सदस्यकाे नविकरण शुल्क स्थानीयलाई ३०० र निर्यातलाई ५ सय ताेकिएकाे छ । त्यस्तै नयाँ दर्ताकाे लागि स्थानीयलाई १ हजार ५० र निर्यातका लागि १५ सय रहेकाे छ ।
उम्देवारले अाफ्नाे नाम फिर्ता लिन चाहेमा निर्वाचन कार्यक्रम ताेकिएकाे समय सम्ममा फिर्ता लिन दरकास्त दिनुपर्ने छ । तर उम्मेदवारी दर्ता दस्तुर भने फिर्ता नहुने निर्वाचन अायाेगले जनाएकाे छ ।

उम्मेदवारकाे याेग्यता अध्यक्ष उम्मेदवार २० बर्ष पूरा हुनुपर्ने बिधानमा उल्लेख छ । विधान बमाेजिम सदस्य नविकरण गरेकाे बहालवाला सदस्य रहनुपर्नेछ । अध्यक्ष पद उम्मेद्वार हुन पदाधिकारीमा एक कार्यकाल पूरा गरेकाे र पदाधिकारी हुन अाजिवन सदस्यहरू मध्येबाट न्युनतम एक कार्यकाल कार्यसमितिमा बसेकाे हुन पर्नेछ ।

साधारणसभा तथा अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएकाे सिन्धुपाल्चोक उद्योग वाणिाज्य संघले जनाएकाे छ । उम्मेदवारी दिन उद्योगी व्यवसायीहरू साेमबार १० बजे देखि नै संघकाे मुख्य कार्यलय बाह्रबिसे स्थित खाेर्सानीबारी पुगेका थिए ।